स्थानीय खबर

रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार गौतमलाई

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम ‘रोदन’ लाई रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । हेमकला—टीकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट विगत २१ वर्षदेखि पत्रकारिता क्षेत्रमा कलम चलाएकी गौतम पुरस्कृत भएकी हुन् । पुण्यप्रसाद गौतमकी सुपुत्रीका रूपमा पाँचथरमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तहसम्मको […]

पूरा पढ्नुहोस्

बिर्तामोडको नगर सभा आजबाट सुरु, एक अर्ब ५१ करोड ८३ लाखको बजेट प्रस्ताव

बिर्तामोड, ९ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो । आजदेखि सुरु दोस्रो नगर सभाको सातौँ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३  को […]

पूरा पढ्नुहोस्

लागू औषध दुब्र्यसन न्यूनीकरण गर्न सनसाइनमा फेन क्लव गठन, संयोजकमा भट्टराई

इटाभट्टा । पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न प्रहरीले विद्यालय स्तरबाटै अभियान सुरु गरेको छ । प्रहरीले फेन क्लव गठन गरेर लागू औषद् दुब्र्यस नियन्त्रण अभियानमा युवाहरुलाई सक्रिय बनाउँदै लगेको हो । प्रहरी बिट इटाभ्टाले आइतबार मेचीनगर –८ स्थित सनसाइन इङ्लिस स्कूलमा जेनिस भट्टराईको संयोजकत्वमा १३ सदस्यीय फेन क्लव गठन […]

पूरा पढ्नुहोस्

लागूऔषध दुर्ब्यशनी सम्बन्धि चेतनामुलक कार्यक्रम प्रभावकारी नभएको गुनासो

काँकरभिट्टा । लागूऔषध दुर्ब्यशनी तथा ओसारपसार नियन्त्रणका लागि प्रशासन र स्थानीय तहले आयोजना गर्दै आएको चेतनामुलक कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन् । झापाको काँकरभिट्टामा शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले लागुऔषध दुरुपयोग एवम ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बक्ताहरुले त्यस्तो गुनासो गरेका हुन् । छलफलमा सहभागिहरुले खुल्ला सिमानाका कारण भारतमा पुगेका नेपालीलाई विभिन्न […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरको १२ औँ स्थापना दिवसमा पत्रकार पौडेल र उपरकोटी पुरस्कृत

काँकरभिट्टा । संघीय सांसद बिश्वप्रकाश शर्माले लागुऔषध दुब्र्यशनी नियन्त्रणका लागि स्थानीय सरकार, राजनीति दल, प्रशासन र पत्रकारले भुमिका खेल्न आग्रह गरेका छन् । स्थापना दिवसको अवसर पारेर प्रेस क्लब मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेता शर्माले उक्त कुरा बताएका हुन् । शर्माले दुब्र्यशनी र ओसारपसारका घटना नियन्त्रणका लागि ठोस कार्यक्रमसहित समन्वय […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीको हात्ती आतंक रोक्न सेनालाई सहयोग गर्न आग्रह

मेचीनगर, ३ असार । पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएको हात्तीले क्षति गर्न थालेपछि स्थानीय सरकारको पहलमा सरोकारवाला निकायसँग बसेको छलफलले नेपाली सेनालाई सहयोग गर्न अनुरोध गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाको आग्रहमा नगरप्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा बसेको छलफलले निरन्तर हात्ती आएर क्षति गर्न थालेपछि अरिमदन गण चारआलीको नेपाली सेनालाई सहयोग गर्न अनुरोधसहित […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ‘नसर्ने रोग न्यूनीकरण’ अभियान

मेचीनगर । मेचीनगर नगरपालिकाले नसर्ने रोग न्यूनीकरणका अभियान सुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार पहिलोदिन धाइजन स्वास्थ्य चौकीबाट अभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र प्रेसरको जाँच गरेर नसर्ने रोग न्यूनिकरण अभियान सुरु गरो थिए । नगरप्रमुख बुढाथोकीले विभिन्न रोगका कारण विरामीहरु घर–घरमा […]

पूरा पढ्नुहोस्

सरस्वती शिक्षा सदनको २५ औं वार्षिकोत्सव सम्पन्न

धुलाबारी । मेचीनगर – स्थित सरस्वती शिक्षा सदन इङ्लिस सेकेन्डरी स्कूलले २५ औं वार्षिक उत्सव शनिबार भब्य रुपमा मनाएको छ । पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुती देखेर अभिभावक तथा अतिथिहरु दंग थिए । उनीहरुले एकल तथा सामुहिक नृत्य, राइम्स, साँस्कृतिक नृत्य, आधुनिक नृत्य, चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । […]

पूरा पढ्नुहोस्

धुलाबारीमा सञ्चालित ‘बार टेण्डर’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

मेचीनगर । झापा जिल्लाभरका युवायुवतीलाई लक्षित गरी मेचीनगरको धुलाबारीमा सञ्चालित ‘बार टेण्डर’ सम्बन्धी १० दिने क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । होटल एशोसिएशन नेपालको प्रायोजन र होटल व्यवसायी संघ झापाको आयोजनामा सञ्चालित कार्यक्रमको संयोजन होटल व्यवसायी संघ मेचीनगरले गरेको थियो । धुलाबारी स्थित अतिथि हस्पिटालिटिमा संचालित तालिममा होटल ब्यवसायमा क्रियाशील २० जना प्रशिक्षार्थीहरुले […]

पूरा पढ्नुहोस्

बिना झनझट सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको माग

मेचीनगर, ३० जेठ । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीले विना झनझट सेवाग्राहीलाई सास्ती नदिई अनलाइन सिस्टमबाट सेवा दिन अनुरोध गरेका छन् । शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय झापाले धुलाबारीमा मेची उद्योग बाणिज्य संघको समन्वयमा आयोजना गरिएको ‘उद्योग दर्ता प्रक्रिया तथा नियमन विषयक’ अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले त्यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मेची उद्योग […]

पूरा पढ्नुहोस्