मुख्य खबर
झापा–१ मा ३४ जना उम्मेद्वार
मेचीनगर, २३ असोज । झापा क्षेत्र नं। १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका […]
पूरा पढ्नुहोस्
निर्वाचनमा ७५ हजार सेना परिचालन हुने
काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्। निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ। मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन […]
पूरा पढ्नुहोस्
झापा १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका खरेलले गरे उम्मेद्वारी दर्ता
मेचीनगर । एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले झापा निर्वाचन क्षेत्र नम्वर १ वाट उम्मेदवार मनोनयन दर्ता गराएका छन् । राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले झापा १ बाट प्रतिनिधि सभा सदस्यमा अग्नी गरेललाई अघि सारेसँगै खरेलले आज उम्मेद्वारी दर्ता गराएका हुन् ।झापा १ बाट यस अघि रविन कोइरालाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको थियो […]
पूरा पढ्नुहोस्
झापा १ मा महामन्त्री विश्वप्रकाशले गरे उम्मेद्वारी दर्ता
मेचीनगर । झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रस्ताव र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको समर्थनमा शर्माले उम्मेद्वारी दर्ता गराएका हुन् । झापा १ मा तेस्रोपटक उम्मेदवार बनेका शर्माको प्रतिस्पर्धा एमाले उम्मेदवार अग्नि खरेलसँग […]
पूरा पढ्नुहोस्
आज कोजाग्रत पूर्णिमा, जागै बस्ने रात
काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका […]
पूरा पढ्नुहोस्
भूसालले त्यागे एमाले, रुपन्देही १बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी
काठमाडौं, २२ असोज। नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् […]
पूरा पढ्नुहोस्
कनकाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कनकाई,२१ असोज÷ झापाको कनकाईमा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कनकाई नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कनकाई नगरपालिकामा झापा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले […]
पूरा पढ्नुहोस्
प्रतिष्ठानका अध्यक्ष उप्रेतीद्वारा आफ्नो जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग
मेचीनगर, १७ असोज । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् । सोमबार काँकरभिट्टा स्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समाजसेवी समेत रहेका आज ८३ वर्षपार गरी ८४ वर्ष पुगेको अवसरमा उप्रेतीले महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम कार्यक्रमका […]
पूरा पढ्नुहोस्
अधिकारी परिवार बन्यो विपन्न विद्यार्थीको साहारा, दाताको खोजीमा जुट्दै बौद्धमोड स्कूल
डम्बर बराल मेचीनगर । मेचीनगर २ धिताल टोल निवासी तारानाथ तिम्सिना र उनकी श्रीमती जानुका तिम्सिना जीवनमा पहिलो पटक शुक्रबार औधी खुसी देखिए । उनीहरुको खुसीको एउटै कारण थियो छोरी सोनियालाई कक्षा १० सम्म ढुक्कले अंग्रेजी माध्यममै पढाउन गरिएको उद्घोष । बौद्धमोड इङ्लिस स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत सोनीयाको शिक्षा दिक्षाको जिम्मा हाल अमेरीकामा बस्तै आएका […]
पूरा पढ्नुहोस्
सन्थाल समुदायको संस्कृति संरक्षणमा जुट्यो कनकाई खेलकुद प्रतिष्ठान
राम निरौला, कनकाई, १५ असोज ÷ खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ । “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणकालागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको हो । एक हप्ता अघि मात्र सम्पन्न प्रतिष्ठानको […]
पूरा पढ्नुहोस्