मुख्य खबर

दश बुँदे घोषणा पत्र जारी गर्दै सकियो मिडिया सम्मेलन

कनकाई, ५ जेठ । नेपाल पत्रकार महासंघ झापाले आज यहाँ आयोजना गरेको मिडिया सम्मेलनले पत्रकारहरु सुध्रिनु पर्ने र राज्यले सञ्चार सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्ने निष्कर्ष निकालेको छ । मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको सहजिकरणमा प्यानल डिस्कसन गरिएको थियो भने डाटामा आधारित डिजिटल पत्रकारिता र विज्ञापनको अवस्थाका बारेमा विज्ञ प्रशिक्षक […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानी निर्वाचनः प्रगतिशील समाजबादी प्यानलले गर्याे उम्मेदवारी घोषणा, अध्यक्षमा आचार्य

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनमा नेकपा एमालेले जनता समाजबादी पार्टी (जसपा)लाई साथमा लिएर उम्मेद्वारहरु सार्वजनिक गरेको छ । शुक्रबार मेची संघको सभाहलमा आयोजित कार्यक्रममा एमाले र जसपाले प्रगतिशील समाजबादी प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । दुई दल सम्मिलित समाजवादी प्यानलले अध्यक्षमा पत्रकार सन्तोष आचार्यलाई अघि सारेको छ । आचार्य […]

पूरा पढ्नुहोस्

उखुको जुस बेचेर चलेको जीवन

डम्बर बराल बुट्टाबारी ।   बुट्टाबारी पश्चिम एउटा बृक्षको मुनि मानिसहहरु निक्कै भिड्भाड थियो । कोही अनरस खाइरहेका थिए, त कोही उखुको जुस, उखु पेल्नेलाई उखु पेल्न भ्याइ – नभ्याइ देखिन्थ्यो । भिड् देख्दा यस्तो लाग्थ्यो कुनै सानो बजार लागिररहेको छ । तर त्यो बजार थिएन । सडकमा यात्रा गर्ने यात्रुहरु शितल ताप्न त्यो छाहारीमा केही […]

पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीपले पाए सफाइ

झापा, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । पाटन उच्च अदालतका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले २०८० पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको निर्वाचन : लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले गर्याे उम्मेद्वारी घोषणा, अध्यक्षमा बुढाथोकी

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार काँकरभिट्टा स्थित सामुदायिक हलमा एक कार्यक्रम आयोजना गरेर लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् । प्रगतिशील प्यानलमा नेपाली काँग्रेस, माओवादी […]

पूरा पढ्नुहोस्

अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फाउण्डेशनले गर्याे सहयोग

मेचीनगर । भारतको पानीघट्टा निवासी अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फउण्डेशन नेपालले आर्थिक सहयोग गरेको छ । फउण्डेशनकी सदस्य समेत रहेकी क्षेत्रीको घरमा केही दिन अघि आगलागी हुँदा घर तथा लत्ता कपडा र अन्न जलेर नष्ट भएको थियो । आफ्ना सदस्यलाई आइपरेको दैविक विपत्तीमा सहयोग गर्न पुगेको पाउण्डेशनले आइतबार नगद दशहजार सहित लत्ता कपडा तथा […]

पूरा पढ्नुहोस्

खडेरीका कारण सुत्ला नच्याप्दै सुक्यो मकै

डम्बर बराल मेचीनगर । हरेक वर्ष झँै यस वर्षपनि मेचीनगर –८ का रमेश कुमार तामाङ्गले १७ कठ्ठा जमिनमा मकै खेती लगाए । मकै खेती राम्रैसँग उत्पादन गर्ने सोचका साथ उनले गोवरमल र डिएपी मल किनेरै प्रयोग गरे । सुरुमा रामैसँग मकै उम्रीएको देखेर उत्साहित बनेका उनी यतिखेर भने निराश बनेका छन् । लामो समय सम्म […]

पूरा पढ्नुहोस्

मेचीनगरका तीन वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय साक्षरता र मनो सामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएको थियो । मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कार्यक्रम भने आज […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन

काठमाडौं।आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए। शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने

मेचीनगर, २१ बैशाख । नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले मिलन क्रिकेट क्लबको आयोजनामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । यहि वैशाख २९ गतेदेखि सुरु भई जेठ ४ गतेसम्म सञ्चालन हुने यस प्रिमियर लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले […]

पूरा पढ्नुहोस्