मुख्य खबर

सरोकारवालाहरुसँग छलफल नगरी विद्येयक ल्याउँदा कार्यान्वयनमा समस्या भइरहेको छ: सभामुख घिमिरे

बिर्तामोड । सभामुख देवराज घिमिरेलेसरकारले सरकारले सरोकारवालाहरुसँग छलफल नगरी विद्येयक ल्याउँदा कार्यान्यनमा समस्या हुने गरेको बताएका छन् । कुनैपनि विद्येयकलाई कानुन बनाएर कार्यान्वयनमा ल्याउँन सदनमा छलफल गरेर पारित गर्नु पर्छ,’ उनले भने, ‘सरकारले विद्येयक ल्याउँदा सरोकारवालाहरुसँग छलफल नगरेको कारण सदन अवरुद्ध हुँने गरेको छ । जसको कारण कानुन कार्यान्वयन हुन समस्या भइरहेको छ ।’ विभिन्न […]

पूरा पढ्नुहोस्

सञ्चालनमा आयो बिर्तामोडको भाट-भटेनी

बिर्तामोड । नेपालकै ठूलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् । नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ […]

पूरा पढ्नुहोस्

आदर्श विद्या मन्दिरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न , आयूषा भइन् प्रथम

धुलाबारी, ३ असोज । संविधान दिवसको अवसर पारेर आदर्श विद्या मन्दिर मेचीनगर –९ ले वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई आफ्नो देशको संविधानका बारे सिकाउने र अध्ययन अध्यापन गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका प्रधानाध्यापक कविन्द्र श्रेष्ठले बताए । संविधान दिवसका अवसरमा विद्यालयले हरेक वर्ष यस किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ […]

पूरा पढ्नुहोस्

वार्तामा गएन शिक्षक महासंघ

काठमाडौं, २ असोज। नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा योग शिविर सम्पन्न

काँकरभिट्टा । मेचीनगर ६ रमाइलो गाउँ स्थित जीवन कल्याण समाज सुधार केन्द्रमा शुक्रबार एक दिवसीय योग शिविर सम्पन्न भएको छ । भारतको कर्नाटकबाट आएका योग गुरु कृष्णम महेश्वरले सुधार केन्द्रमा रहेका सबैलाई योगको महत्वका बारेमा बुझाएका थिए । योग र पर्यावरणको महत्व बुझाउँदै भारत तथा नेपालका बिभिन्न क्षेत्रमा पैदल यात्रा गरिरहेका योग गुरुले नेपालका धेरै […]

पूरा पढ्नुहोस्

आदर्श विद्या मन्दिरमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा मिरा सिटौला

मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालयको अभिभावक भेल सम्पन्न भएको छ । ज्येष्ठ अभिभावक कान्ता श्रेष्ठको सभापतित्व एवम् साहित्यकार भीम प्रसाद निरौंलाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले क्षेत्रगत प्रतिनिधित्व गर्दै मेचीनगर १०, लालपानी निवासी अभिभावक मिरा सिटौलाको अध्यक्षतामा २१ सदस्यीय अभिभावक संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र न्यौपाने, सचिवमा […]

पूरा पढ्नुहोस्

कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नहुँदा जनताको काम गर्न सकिएन :पूर्व सांसद विक

काँकरभिट्टा, २७ भदौ । पूर्व संघीय सांसद विमला विकले कर्मचारी र जनप्रतिनिधि बीच तालमेल नहुँदा जनताका काम अपेक्षा अनुरुप गर्न नसकिएको बताएकी छन् । बुधबार काँकरभिट्टास्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति,कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा सांसद विमला बिकले यस्तो कुरा बताएकी हुन् । […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको उत्कृट नारी सम्मान निरौलालाई

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो । बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद […]

पूरा पढ्नुहोस्

एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौं , २५ भदौ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

पूरा पढ्नुहोस्

अखिल नेपाल महिला संघ मेचीनगरको तीज मिलन कार्यक्रममा जेष्ठमाताहरु सम्मानीत

मेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा संघले आयोजना गरेको समावेशी तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई सम्मान गरेको हो । पत्रकार अम्बिका भण्डारीले ज्येष्ठ […]

पूरा पढ्नुहोस्