स्थानीय खबर
मेचीनगरमा बाढिँदै ‘सहिद वीरेन छात्रवृति’ रकम
काँकरभिट्टा । मेचीनगर नगरपालिकाकाले सहिद वीरेन राजबंशीको नाममा स्थापना गरेको छात्रवृति रकम सामुदायिक विद्यालय कक्षा–११ र १२ का विद्यार्थीहरुलाई वितरण गरिरहेको छ । सोमबार नगरपालिकाले काँकरभिट्टा माविका ३२ जना कक्षा–११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रवृति रकम वितरण गरेको हो । ती विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त रकम हस्तान्तरण […]
पूरा पढ्नुहोस्
मेचीनगर – ११ ले दियो, किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ र मल
मेचीनगर । मेचीनगर – ११ वडा कार्यालयले कृषकलाई उन्नत जातको धानको बीउ तथा मल ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको छ । सोमबार मेचीनगर – ११ स्थित साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आयोजित बीउ वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रुद्रप्रसाद डाँगीले कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन वडाले अनुदानमा बीउ […]
पूरा पढ्नुहोस्
वातावरण मञ्चले दियो काँकरभिट्टा प्रहरीलाई स्वास्थ्य सामग्री
मेचीनगर । मेचीनगरमा क्रियाशील स्वास्थ्य तथा वातावरण मञ्चले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। शनिबार इलाका प्रहरी कार्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष गणेश मैनालीले सामग्रीहरू प्रहरी निरीक्षक बिरेन्द्र कोइरालालाई हस्तान्तरण गरेका हुन्। मञ्चले कार्यालयलाई ६० थान झुल, २ थान डस्टबिन, २० प्याकेट सेनेटरी प्याड तथा प्राथमिक उपचार सामग्रीहरू प्रदान […]
पूरा पढ्नुहोस्
शुप्रभामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
मेचीनग । .मेचीनगर –१५ स्थित शुप्रभा इङ्गलिस विद्या सदनले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका सञ्चालक अध्यक्ष केशव गिरीको सभापतित्व एवम् नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष तथा आदर्श विद्या मन्दिरका संस्थापक प्रिन्सिपल कविन्द्र श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्याक्रममा पूर्व नगर शिक्षा अधिकारी उद्धव विष्ट विशिष्ट अतिथि थिए । सो अवसरमा विद्यालयले ६ […]
पूरा पढ्नुहोस्
हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकको मृत्यु
बिर्तामोड १ जेठ । झापाको हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी(५ त्रिवेणीचोक बस्ने ६५ वर्षीय मानबहादुर मगर रहेका छन् । हिजो राति ११ः५० बजे आएको हावाहुन्डरीले मगरको टिनको छानो भएको टाँडेघरको बिम भत्काएको थियो । सो बिमले थिच्दा मगरको मृत्यु […]
पूरा पढ्नुहोस्
मेचीनगरको चारवटा वडामा १९ जना क्षयरोगी भेटिए १,१३६ जनाले लिए सेवा
मेचीनगर । मेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् । मेचीनगर–४, ७, १२ र १५ नम्बर वडामा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण शिविरमा एक हजार १३६ जनाले उपचार सेवा पाउँदा उक्त संख्यामा क्षयरोगीका विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । चार वटै वडाबाट आशंका गरिएका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सञ्चालित तीन दिवसीय एआई सम्बन्धी तालिम सम्पन्न
मेचीनगर । मेचीनगरमा सञ्चालित तीन दिवसीय एआई सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनमा काँकरभिट्टा स्थित नमस्ते पार्टी प्यालेसमा सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यो तालिमले नगरवासीको हितमा कलम चल्ने छ भन्ने विश्वास लिएको बताए । उनले राज्यको खवरदारी गर्ने मिडियाले […]
पूरा पढ्नुहोस्
स्वास्थ्य शिविरमा तेस्रोदिन ३६२ जनाले लिए सेवा, आज मेचीनगर–१५ मा
मेचीनगर । मेचीनगरका बिभिन्न वडामा जारी स्वास्थ्य शिविर आज सम्पन्न हुँदैछ । आज सोमबार वडा नम्बर १५ मा शिविर सञ्चालन भएर स्वास्थ्य शिविरका कार्यक्रम सम्पन्न हुने छ । आइतबार मेचीनगर–१२ स्थित वडा कार्यालयमा आयोजना गरिएको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ३६२ जनाले उपचार सेवा लिएका थिए। शिविरमा ३६२ जना […]
पूरा पढ्नुहोस्
मेचीनगर – ७ मा आयोजित शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खकारको नमूना संकलन
मेचीनगर, २७ बैशाख । मेचीनगर–७ स्थित कृष्ण आधारभूत विद्यालयमा आयोजना गरेको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २६३ जनाले सेवा लिएका छन् । शनिबार मेचीनगर नगरपालिकाले मदन वस्तीमा आयोजना गरेको शिविरमा २६३ जना मध्ये २५४ जनाले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए । नगरपालिका स्वास्थ्य शाखाकी कर्मचारी सदिक्क्षा भट्टराई […]
पूरा पढ्नुहोस्
मेचीनगर –५ स्थित पाथीभरा मन्दिरमा प्राण प्रतिष्ठाकोलागि अनुष्ठान सुरु
सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित नवनिर्मित पाथीभरा मन्दिरमा शनिबारबाट धार्मिक अनुष्ठान सुरु गरिएको छ । नवनिर्मित पाथीभरा मन्दिरमा मूर्ति प्राण प्रतिष्ठा गर्ने उद्देश्यका साथ अनुष्ठान सुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष ज्योती प्रकाश पाठकले जानकारी दिए । सो क्षेत्रमा स्थानीय लक्ष्मीप्रसाद श्रेष्ठले १ कठ्ठा बढी जमिन मन्दिर निर्माणको लागि निःशुल्क प्रदान गरेपछि एक वर्ष […]
पूरा पढ्नुहोस्