स्थानीय खबर
प्रसाई मार्केटमा वाणिज्य संघको उपसमिति गठन, संयोजकमा चन्द्रप्रसाद
झापा,१९ वैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केट भित्र चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकार सहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति गठन भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले सो उपसमिति गठन गरेको हो । उप समितिको […]
पूरा पढ्नुहोस्
रसायनिक मल, किटनाषक औषधिले माटो र मानिस रोगी भए : डा.रेग्मी
मेचीनगर । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका छन् । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा आयोजना गरेको माटो बचाउँ कार्यक्रममा अभियानका अध्यक्ष डा।रेग्मीेले यस्तो कुरा बताएका हुन् । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनलट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एकदिवसीय कार्यक्रममा प्रशिक्षक रेग्मीले […]
पूरा पढ्नुहोस्
सडक अवलोकन गर्दै मन्त्री दाहालले भने, ‘आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौं ’
मेचीनगर, । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् । विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै […]
पूरा पढ्नुहोस्
चारआलीमा ट्रकको ठक्करबाट एकको मृत्यु
बिर्तामोड । झापाको चारआलीमा आज बुधबार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाए अनुसार दुर्घटनामा परी झापाको अर्जुनधारा – १० का ६८ वर्षीय टङ्कप्रसाद बरालको ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडबाट चारआली जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ […]
पूरा पढ्नुहोस्
कनकाई नगरपालिकाले गर्यो झापाका एसपी केसी र डिएसपी बिष्टलाई ससम्मान बिदाई
कनकाई । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सहित प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाले फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरेको छ । कनकाई नगरपालिकाको सभा हलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित झापाका प्रहरी प्रमुख केसी र ईलाका प्रहरी […]
पूरा पढ्नुहोस्
मेचीनगरका शिक्षकले घेरे मेचीनगरपालिका, भने–“अब दलको झोला बोक्दैनौं”
झापा, १६ वैशाख । आन्दोलनरत मेचीनगरका शिक्षकले आज नगरपालिका परिसरमा विरोध सभा गरेका छन् । सरकारले आफ्ना जायज मागलाई २८ औं दिन सम्म्पनि सम्बोधन नगरेपछि आक्रोशित बनेका शिक्षकहरुले अव उप्रान्त राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष समेत गरेका छन् । शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन जारी राखिरहेका बेला […]
पूरा पढ्नुहोस्
इष्ट होराइजन स्कूलमा दिक्षान्त समारोह
धुलाबारी । इष्ट होराइजन अंग्रेजी माविमा भव्य रुपमा दिक्षान्त समारोह सम्पन्न भएको छ । अभिभावकहरुको उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दिक्षित गरिएको हो । विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने उदेश्यले दिक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए । भविष्यमा स्नातकोत्तर गरेपछि पाउने उपाधिको क्षणलाई सम्झना स्वरुप विद्यार्थीमाझ अभ्यास गरिएको उनी बताउँछन् । विद्यालयमा अध्ययनरत कक्षा […]
पूरा पढ्नुहोस्
रथखोला फुटबल एकेडेमीलाई हराउँदै बाहुण्डाँगी अन्तिम चारमा
बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । […]
पूरा पढ्नुहोस्
अभिभावकले भने–‘अटिजम भएका बच्चा पढाउने स्कुल चाहियो’
मेचीनगर, १६ बैशाख । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् । नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । अटिजम भएका बालकका अभिभावक मन्दिरा शिवाकोटीले मेचीनगरमा अटिजम भएका बालबालिका पढाउने विद्यालय नभएकाले बिर्तामोड […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा
मेचीनगर, १५ बैशाख । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित […]
पूरा पढ्नुहोस्