स्थानीय खबर

मेचीनगरलाई एक अर्ब बजेट अनुदान

मेचीनगर, २३ फागुन । नेपाल सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि लगभग एक अर्ब बजेट दिने भएको छ । नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेट हो ।नगरकी कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गरेका छन् […]

पूरा पढ्नुहोस्

पत्रकार मोहन काजी र धमेन्द्र झालाई ‘सूचनाको अधिकार पुरस्कार’

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले पत्रकार मोहन काजी र धमेन्द्र झालाई ‘सूचनाको अधिकार पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । महासंघको मोरङ शाखाले स्थापना गरेको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट झापाका काजी र काठमाडौंका झालाई सम्मानित गर्ने भएको हो । ।पत्रकार मोहन काजी महासंघको पूर्व केन्द्रीय सदस्य हुन् । उनी लोकतन्त्र पोस्ट दैनिकको संस्थापक […]

पूरा पढ्नुहोस्

नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि धाइजन चारआली युवा क्लब लाई

मेचीनगर,२२  फागुन । नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि धाइजन चारआली युवा क्लबले जितेको छ । मेचीनगर–३ स्थित नवज्योती निमावीको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवज्योती युवा क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि जितेको हो ।खेलको ३४औँ मिनेटमा विजय राईले गरेको गोल नै निर्णायक बन्दा धाइजन चारआलीले उपाधि जित्न सफल भयो । […]

पूरा पढ्नुहोस्

भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार गिरी र गौतमलाई

झापा,२२ फागुन । बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिहर विरहीले गिरीलाई २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरे । २३ […]

पूरा पढ्नुहोस्

मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा सम्पन्न

काँकरभिट्टा, २२ फागुन । मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन् संविधान सभा सदस्य रविन कोइरालाले ब्यानर पढेर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी कोइरालाले नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सामुदायिक प्रहरीले पुलको काम गरिरहेको बताए […]

पूरा पढ्नुहोस्

मेचीनगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

डम्बर बराल मेचीनगर,२१फागुन । मेचीनगरको काँकरभिट्टामा शुक्रबार देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसद मैनालीले खेलकुदले हरेक व्याक्तिको क्षमता विकास गर्ने बताउँदै स्वास्थ्य जीवन जिउनको लागि खेलको महत्व बढ्दै गएको बताए । […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा संयुक्त बुकिङ काउण्टर सञ्चालन

काँकरभिट्टा, २१ फागुन÷ काँकरभिट्टामा शुक्रबार देखि संयुक्त बुकिङ काउण्टर सञ्चालनमा आएको छ । संयुक्त बुकिङ काउण्टर सञ्चालनमा आए लगत्तै यसले व्यवसाय सञ्चालनमा आलोपाले पद्घतिमा सहयोगी भूमिका खेल्ने व्यवसायीहरुको भनाई छ । पूर्व मेची बस व्यवसायी प्रालि को व्यवस्थापनमा सञ्चालनमा आएको बुकिङ काउण्टरको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य राजेन्द्र रिजालले एक समारोहकाबीच समुदघाटन गर्नुभएको […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी मोटरसाइकल दुर्घटनामा घाइते

मेचीनगर, २० फागुन । नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी आज मोटरसाइकल दुर्घटनामा घाइते भएकाछन् ।धुलाबारीबाट मेचीनगरपालिकाको कार्यालय जाँदै गर्दा नगरपालिकाका गेट आगाडि मुख्य राजमार्गमा पछाडिबाट आएको मोटरसाइकलले सभापति बुढाथोकीले कुदाएको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका हुन् । सभापति बुढाथोकीले कुदाएको प्रदेश १–०१–०१३ प १६४ नम्बरको मोटरसाइकल नगरपालिका कार्यालयतर्फ मोड्दै गर्दा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको […]

पूरा पढ्नुहोस्

सुरुङ्गामा ट्रकको ठक्करबाट २ को मृत्यु, ५ घाइते

सुरुङ्गा, १९ फागुन । कनकाई नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ मा माझी समुदायको कोशी पुजा सम्पन्न

मेचीनगर,१८ फागुन । माझी समुदायको महान पर्व कोशी पुजा मंगलबार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल माझी उत्थान संघ मेचीनगर–८ को आयोजनामा मेचीनगर ८ स्थित भिमसेन थानमा पुजा आराधना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल माझी उत्थान संघ मेचीनगर अध्यक्ष सन्तलाल माझीको सभापतित्व तथा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्