स्थानीय खबर
नेपाली काँग्रेस मेचीनगरद्वारा दश विभाग गठन
धुलाबारी, १९ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले विभिन्न दश वटा विभागहरू गठन गरेको छ । नगर सभापति सुवेशकुमार पनेरूको अध्यक्षतामा शनिवार बसेको नगर पदाधिकारी बैठकले विभागहरू प्रमुख तोकेको काँग्रेस मेचीनगरका सचिव मनोज घिमिरेले जानकारी दिए। नगर समितिको निर्णय अनुसार संगठन विभागको प्रमुखमा धनकाजी खत्रीलाई जिम्मेवारी दिएको छ भने भात्री संघ संस्था समन्वय विभागको प्रमुखको […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरको अधिवेशन फागुन ७ गते हुने
इटाभट्टा । प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधरणसभा एवम् छैटौं अधिवेशन आगामी फागुन ७ गते बुधबार आयोजना गरिने भएको छ । शनिबार क्लबको कार्यालय इटाभट्टामा सम्पन्न कार्यसमितिको २५ औं नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन मेचीनगर-१ स्थित ४९ धारा स्थानमा आयोजना गर्ने प्रस्ताव गरिएको अध्यक्ष डम्बर बरालले बताए । सोका लागि क्लबका […]
पूरा पढ्नुहोस्
मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने
मेचीनगर । झापाको सुदुर पूर्व उत्तर क्षेत्र मेचीनगर १ स्थित मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । ग्लोबल मेची युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्रमा फरक पहिचान बनाउँदै इस्ट होराइजन, अतिरिक्त क्रियाकलापमा समेत फड्को मार्याे
मेचीनगर । शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थिापित गर्न सफल इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले अन्तरष्ट्रि स्तरमा आफूलाई स्थापित गर्दै लगेको छ । हालै उत्कृष्ट विद्यालयमा छनोट भई इस्ट होराइजन मावि बेस्ट अलराउन्डर स्कुल विधातर्फ मलेसियामा आयोजित बल्र्ड स्कुल समिटमा सम्मानित भएको थियो । ँविश्वभरका २०० विद्यालय मध्ये होराइजन स्कुल उत्कृष्टमा पर्न सफल भएको […]
पूरा पढ्नुहोस्
एनप्याब्सन झापाको खेलकुद कार्यक्र सुरु, उद्घाटन खेलमा इस्ट होराइजन विजयी
बिर्तामोड । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाईबीच भएको थियो । सो खेलमा इस्ट होराइजन विजयी भएको छ । १३ वर्षमुनिको फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० झापाको […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन शुरु
मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ ।नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरिन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१र८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको हालसम्मको […]
पूरा पढ्नुहोस्
नेपाल मानव धर्म सेवासमिति मेची क्षेत्रद्धारा राहात तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर– १४ स्थित कृष्ण प्राथमिक विद्यालयका छात्र– छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । श्री सतपाल जी महाराज का जेष्ठ सुपुत्र श्रदेय विभूजी महाराजको जन्म उत्सवको अवसर पारेर मानवधर्म सेवा समितिले सो विद्यालयमा अत्ययनरत १०६ जना छात्र– छात्राहरुलाई कापी, डटपेन, पेन्सिल र साप्नट […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी झापाको अध्यक्षमा परियार
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा प्रदीप परियार सर्वसम्मत निर्वाचित भएका छन् । चौतारीको शुक्रबार सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट परियार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिवमा युवराज आचार्य, सहसचिवमा राम प्रसाद निरौला, समावेशी सहसचिवमा तीलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् । […]
पूरा पढ्नुहोस्
अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने
मेचीनगर । भारतको राजस्थान स्थित अलवर शहरमा भइरहेको अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने भएको छ । थिएटरले बिहीबार पत्रकारसम्मेलन आयोजना गरेर नेपाको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागि हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिवर्तन थिएटरकी अध्यक्ष तथा रंगकर्मी कविता नेपालले अन्तराष्ट्रिय नाट्य महोत्सवमा “त्यो फेरि फर्कला” नाटक मञ्चन गर्ने बताइन् […]
पूरा पढ्नुहोस्
मेचीनगरमा राजश्व सम्बन्धी अन्तरक्रिया
मेचीनगर । राजश्व संकलनमा एकरुपता ल्याउन तथा राजश्व संकलनमा देखिएका जटिलताको अन्त्य गर्न बुधबार मेचीनगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजश्व परामर्श समितिको आयोजनामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा नगरका १५ वटै वडाका सचिव तथा राजश्वसँग सम्बन्धित कर्मचारीहरुकोे सहभागिता रहेको थियो । मेचीनगरपालिकाकी उपप्रमुख एवम् राजश्व परामर्श समितिकी संयोजक मीना पोख्रेल उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा संयोजक […]
पूरा पढ्नुहोस्