स्थानीय खबर
म्याद नाघेको खाध्यवस्तु भेटिएपछि उद्योगमा ताला
मेचीनगर, । मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी निकाय टोलीको सहकार्यमा बजार अनुगमन गर्दा म्याद नाघेको भेटिएपछि एउटा उद्योगमा ताला लगाइएको छ । आज नगरपालिकाको नेतृत्वमा गएको जिल्लाको सरकारी निकायको बजार अनुगमन टोलीले मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगमा ताला लगाएको हो । नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले अनुमति नलिइ उद्योग सञ्चालन गरिएको, पास्ता, सुजी उत्पादन गर्दा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बैशाख ३ गते ‘बैशागु बथर’ भब्यरुपमा मनाउने तयारी
मेचीनगर । मेचे समुदायको महानपर्व बैशागु बथरको अवसरमा झापाको मेचीनगरमा आगामी बैशाक ३ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मेचे समाज शिवियारी आफत केन्द्रियकार्य समितिको आयोजनामा हुने कार्यक्रममा नेपाल तथा भारतको आशामबाट २५ सय बढी बिभिन्न जातजातिको सहभागिता रहने आयोजकले जनाएको छ । मेचे समुदायको कला, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले […]
पूरा पढ्नुहोस्
जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल
इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर ७ को अध्यक्षमा पिताम्बर शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । आज मेचीनगर – ७ स्थित आनन्द टोलमा भएको संस्थाको पहिलो अधिवेशनबाट पौडेल आगामी ४ वर्षे कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा अमर परियार, महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम […]
पूरा पढ्नुहोस्
सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक
काठमाडौं । सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवम् माष्टरिङ र राजबाबु थापा रेकर्डिष्ट रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ […]
पूरा पढ्नुहोस्
एनएमसीले सञ्चालनमा ल्यायो ‘एनएमसी एग्रो मिल’
मेचीनगर । वित्तीय कारोबारसँगै कृषिमा रुपान्तरणकारी योजनाहरु अघि सार्दै पूर्वकै नमूनाका रुपमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। ले ‘एनएमसी एग्रो मिल’ सञ्चालनमा ल्याएको छ । मेचीनगर १४ दुहागढीमा निर्मित उक्त मिलको आज एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औपचारिक उद्घाटन गरेका हुन् । मिलको ‘मेन स्वीच’ थिच्दै नगरप्रमुख बुढाथोकीले औपचारिक उद्घाटन गरे । […]
पूरा पढ्नुहोस्
सुकुम्बासीलाई चाँडै धनिपूर्जा दिने भूमि आयोगको योजना
मेचीनगर, २४ चैत । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि सम्बन्धी अध्यादेश संसदमा रोकिनुको कारण अराजकतामाथि आहाल खेल्ने काम भएको बताएका छन् । आज मेचीनगर नगरपालिकाको सभाहलमा भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले भूमि सम्बन्धी अध्यादेश फेल गराएर देशमा अस्थिरता निम्ताउन खोजेको बताए । २०७२ सालपछिका तीन वटा आयोगभन्दा यो फरक रहेको बताउँदै […]
पूरा पढ्नुहोस्
अरुणोदय बोर्डिङ्गले चैत २६ र २७ गते उत्सव मनाउने
काँकरभिट्टा । काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९ औं बार्षिक उत्सब मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै स्कुलका अध्यक्ष भगिरथ राइले उत्सव हुने जानकारी गरएका हुन । काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिक उत्सब र अरुणोदय […]
पूरा पढ्नुहोस्
वडा स्तरीय फुटबलको उपाधि मेचीनगर ९ लाई
बडाखाल । मेचीनगर ९ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नव ज्योती निमाबिको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर ११ लाई २(१ को गोल अन्तरले हराउदै फाइनलको उपाधी चुमेको हो । जितसङगै मेचीनगर ९ ले नगद ४० हजार ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता बनेको मेचीनगर ११ ले […]
पूरा पढ्नुहोस्
‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि
मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि […]
पूरा पढ्नुहोस्
वडास्तरीय फुटबल : वडा नं. ५ र ६ सेमिफाइनलमा
मेचीनगर । मेचीनगर–३ स्थित बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा वडा नं.५ र वडा नं.६ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नं. ७ लाई ३–१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र […]
पूरा पढ्नुहोस्