Uncategorized
रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त
जनकपुरधाम,४ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा […]
पूरा पढ्नुहोस्
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा काँकरभिट्टामा प्रदर्शन
मेचीनगर, ३ भदौ । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले झापाको मेचीनगरमा बुधबार साँझ विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकरभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने संघको निर्णय […]
पूरा पढ्नुहोस्
अन्तत फुट्यो एमाले
काठमाडौं,२ भदौ । राजनीतिक दल फुटाउने अध्यादेश आए लगत्तै नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण […]
पूरा पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी
काठमाडौं,२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति […]
पूरा पढ्नुहोस्
ओलीले एकताको ढोका बन्द गरे ःवरिष्ठ नेता नेपाल
काठमाडौं,१ भदौ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेको बताएका छन् । उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए । आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको […]
पूरा पढ्नुहोस्
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे अब दल फुटाउन पाइने
काठमाण्डौ,१ भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० […]
पूरा पढ्नुहोस्
झापामा भोलिदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय , दिनभर पसल र यातायात खुला रहने
झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ । तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने […]
पूरा पढ्नुहोस्
समयमै मल उपलब्ध गराउ
कोरोना कहरकाबीच किसानले धान खेती गरेका छन् । धानको राम्रो उत्पादन लिन यो सिजनमा युरिया मलको आवश्यक्ता पर्दछ तर किसान युरिया मल नपाएर मलको खोजिमा भौंतारी रहेका छन् । कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरुको लागि थोरै मात्रामा मल वितरण गरे तर, पर्याप्त मल नपाएपछि किसान यतिखेर आन्दोलित समेत बनेका छन् । कोरोनाको त्रासको परवाह नगरी मल […]
पूरा पढ्नुहोस्
व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै व्यवसायीले बुझाए मेचीनगरमा ज्ञापन
मेचीनगर,३१ साउन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार मेचीनगरमा ज्ञापन पत्र बुझाएका छन् ।मेचीनगरका विभिन्न १५ संघ–संस्थाको तर्फबाट नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाबाट व्यवसायीहरु संकटमा परेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै पसल, व्यवसाय सञ्चालन गर्ने बताएका छन् । […]
पूरा पढ्नुहोस्