झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ ।
तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने भनिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाए तापनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ ।
मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।
यसको अर्थ कोरोना संक्रमण घट्यो भन्ने होइन । स्वास्थ्य सुरक्षाका लागि अझ बढी सजग हुने ९अनुशासित हुने० दायित्व अब नागरिककै हातमा आएको छ ।
यदि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने विषयमा फेरि लापर्वाही गर्ने हो भने ७ दिनपछि पूर्ण लकडाउन गर्ने प्रशासनले योजना बनाएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्