सुशासन पत्रकारिता पुरस्कार न्यौपानेलाई

2020-08-31 मा प्रकाशित

भद्रपुर, १५ भदौ । नेपाल निजामती कर्मचारी संगठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने घोषणा गरेको छ ।

सोमबार दशौं प्रमोद तामाङ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि सभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यसवर्षको उत्कृष्ठ राष्ट्र सेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी पुण्य बराललाई पुरस्कृत गर्ने निर्णय भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव चेतनाथ न्यौपाने, संगठनका केन्द्रीय सदस्य तथा सिविए झापाका अध्यक्ष लक्ष्मी गुरागाई, राष्ट्रसेवक सहकारी संस्था लि।का अध्यक्ष बशिष्ठ अधिकारी, अगुवा संगठकहरु पत्रकारलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा राष्ट्रसेवक सहकारी संस्थाका पूर्व अध्यक्ष स्व।प्रमोद तामाङको तस्वीरमा माला अविर लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

उत्कृष्ठ सुशासन पत्रकारिता पुरस्कारको राशी रु। ७५०० रहेको छ भने उत्कृष्ठ राष्ट्रसेवक कर्मचारी पुरस्कारको राशी रु। १० हजार एकसय एकाउन्न रहेको संगठनका सचिव तेजप्रसाद रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु