कनकाई । नारी सञ्चार गृह झापाकीअध्यक्ष रेजिना गौतम रोदन “हेमकला—टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट सम्मानीत हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाले आइतबार एक कार्यक्रमकाबीच रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार गौतमलाई सम्मान गरेको हो ।
ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेर समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्याङकन, साथै महिला शसक्तिकरणमा खेलेको भूमिकाको कदर गर्दे गौतमलाई सम्मान गरिएको रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक शुशील श्रेष्ठले बताउनुभयो ।

कनकाई सुरुङ्गा प्रेस क्लवका निर्वमानअध्यक्ष साथै कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकार रामप्रसाद निरौला र श्रीमती शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार रोदन सम्मानित भएका हुनुभएको हो ।
रोटरी क्लब अफ सुरुङ्गाको ८ औं स्थापना दिवसको अवसर पारी पत्रकार गौतमलाई दोसल्ला ओढाएर नगद १५ हजार सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लब अफ सुरुङ्गा २४–२५ का अध्यक्ष लुवराज उप्रेती, पूर्व अध्यक्ष सुशीलकुमार श्रेष्ठ, रोटरी क्लव रिजन ७ का २०२४र०२५ का एजी सुजन प्रधान, रिजन २५–२६ की एजी निकिता गिरी , एजी र कुमारमणी पोखरेल, रोटरी सुरूङ्गाका पुर्व अध्यक्ष हरू टिकाप्रसाद कट्टेल, खेम प्रसाईं, सुशील श्रेष्ठ, शिवकुमार कडेल र २०२५र०२६का अध्यक्ष डिल्लीराम मैनाली , दाता परिवारका तर्फबाट टिकाराम एवं रामप्रसाद एवं शान्ता निरौला लगायले संयुक्त रुपमा पत्रकार गौतमलाई सम्मान गरेका थिए ।
कार्यक्रममा अतिथीहरुलाई स्वागत गर्दै दाताका तर्फबाट राम निरौलाले पत्रकारिता पुस्कारको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
उहाँले बुबा आमाको त्याग र बलिदानलाई स्मरण गर्दै उहाँहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।
झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले ४ वर्ष अघि रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको स्थापना गर्नुभएको थियो ।
पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएका निरौलाले विगत १७ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता पेशामै क्रियाशिल रहँदै आउनु भएको छ ।
विभिन्न सामाजिक संगठनमा रही निरौलाले विभिन्न सृजनशिल काम गर्दै आउनु भएको छ ।
निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक– प्रकाशक साथै कनकाई खबर डटकम न्यूज पोर्टलका संचालक ,साथै कनकाई सुरुङ्गा प्रेस क्लवका निर्वमान अध्यक्ष हुनुहुन्छ ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष रोटरीयन लुवराज उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित रेजिना रोदनले अनुभुती मन्तव्य राख्दै आफूमा अझ जिम्मेवारी थपिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलेले समाजिक विकासका लागि कनकाईका युवाहरु एक हुने गरेको बताउनु भयो ।
उहाँले पत्रकार निरौलाले विगत ४ वर्षबाट पत्रकारितामा कलम चलाउने पत्रकारहरुको हौसला बढाइरहेको बताउनुभयो ।
सम्मानित गौतमलाई शुभकामना दिदै निरन्तर कर्मको उपज नै यो सफल्ता रहेको बताउनुभयो ।
नगर प्रमुख पोखरेलले रोटरीको स्थापना दिवसका शुभकाना दिदै बिकास र समाजिक रुपान्तरणमा नगरपालिकाले सधै रोटरी क्लब संग सहकार्य गरिरहने बताउनुभयो ।
कार्यक्रममा कनकाई खेलकुद प्रष्ठिानका अध्यक्ष छवि थपलिया, रोटी क्लव अफ सुरूङ्गाका संस्थापक अध्यक्ष एल।पी। उप्रेती, रोटरी रिजन ७ का २०२५र ०२६ का एजी निकिता गिरी लगायतल शुभकाना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रोटरी क्लव रिजन ७ का २०२४र०२५ का एजी सुजन प्रधान र कुमारमणी पोखरेल, रोटरी सुरूङ्गाका पुर्व अध्यक्ष हरू टिकाप्रसाद कट्टेल, खेम प्रसाईं, सुशील श्रेष्ठ, शिवकुमार कडेल र २०२५र०२६का अध्यक्ष डिल्लीराम मैनाली
लगायत विभिन्न स्थानीय स्तरमा क्रियाशिल सामाजिक प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन २०२४–२५का सचिव सोमनाथ उप्रेतीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्