साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रद्वारा परिवार राहत वितरण

2025-07-29 मा प्रकाशित

इटाभट्टा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इटाभट्टा सेवा केन्द्रले सोमबार परिवार राहत तथा दशकर्म खर्च बापत दुई परिवारलाई ३ लाख ५० हजार ४०० रुपैयाँ प्रदान गरेको छ ।
सेवा केन्द्रका सदस्य स्व.रमेश पौडेल र स्व.प्रह्लाद राजवंशीको परिवारलाई क्रमश २ लाख ३० हजार, १ लाख, २० हजार ४०० गरि जम्मा ३ लाख ५० हजार ४०० रुपैयाँ प्रदान गरेको हो ।


इटाभट्टा सेवा केन्द्रका संयोजक राजन कुमार गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा धुलाबारी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख पुष्पराज पौडेल तथा सहकारी संस्थाका कर्मचारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
राहत रकम प्रदान गर्दै सेवा केन्द्रका संयोजक राजन कुमार गिरीले साहारा नेपाल साकोस सदस्यको जीवन जीउने आधार बन्दै गएको बताए । ‘साहारा वास्तबमै हाम्रो साहार बनेको छ,’ उनले भने, ‘आज सदस्यको हरेक अप्ठ्यारोमा साहाराले दर्विलो साथ दिएको छ, विरामी पर्दा होस, यात परिवारको वियोगमा साहारा अभिभावक जस्तै छ ।’ उनले अरु सहकारीले पनि साहाराले थालेको अभियानलाई अघि बढाउन जरुरी रहेको बताए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख चन्द्रकला पौडेलले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु