खेमराज थाम्सुहाङ्ग
अहिलेको वर्तमान अवस्था नेपालमा संक्रमणकाल छ । सुनिदिने, गरिदिने खालका भर पर्नुपर्ने वातावरण केही देखिदैन । स्वयं आफै सचेत र होसियार हुनुपर्ने हुन्छ । समाज शुन्य हुँदैन, वैधानिक कानुन संगसँगै नैतिक नियम पनि मानव बस्तीमा हुन्छ । यो नैतिक नियमले नै मानव जीवन लोकतान्त्रिक आचरणलाई विचारमा र व्यवहारमा प्रयोग गरी आफ्नो जीवनलाई सहज र अरुलाई समेत शितल महसुस गराउँछन् । आफ्नो कमीकमजोरी महसुस गरी सुधार्ने पक्षमा लैजान्छ, हार स्वीकार गर्ने, प्रतिद्धन्धीको विजयमा बधाई दिन सक्ने स्वस्थ्य, कौशल र गुणात्मक नागरिक बन्न सिकाउँछ ।
यो लोकतान्त्रिक आचरण व्यक्तिगत जीवनमा आजभोली शुन्य हुनु नै राजनीति परिपाटीमा गलत असर पर्नु, जसको कारण एउटै हड्डीमा कुकुरहरु झगडा गरै जस्तै स्वतन्त्रता वा सिमा सुरक्षा भन्दा पनि सत्ताको लागी लुच्चा–लुच्ची गर्ने क्रममा वि. सं. २००७–२०८२ (७५ वर्ष) अवधिमा एउटै पुस्ताले सात पटकसम्म संविधान फेरवदल, सातै पटक व्यवस्था परिवर्तन र अझ शासकको नियम कानुन, दुःख भोगाई भन्न नसकिने भोगेका छन् । त्यसैले होला विलयन र पलायनको थलोमा पु¥याएको नागरिकको अवस्था छ ।
उत्तर अमेरिका महादेशमा अवस्थित अमेरिकाको विश्वको सबैभन्दा पुरानो संविधान हो । युरोप महादेशमा अवस्थित वेलायतको अधिनबाट इ. सं. जुलाई ४, १७७४ मा स्वतन्त्र भई ई. सं. मार्च ४, १७८९ मा लोकतान्त्रिक संघिय संविधान लगभग २४० वर्ष अघि जारी गरेका थिए भने जेम्स मेडिसनलाई संविधानको पिता मानिन्छ ।
एसिया महादेशमा अवस्थित भारतको संविधान विश्वको सबैभन्दा लामो संविधान मानिन्छ । बेलायत राज्यबाट नै ईं. सं. अगष्ट–१५, १९४५ मा स्वतन्त्रता प्राप्त गरी इ. सं. जनवरी–२६, १९५० मा संघीय लोकतान्त्रिक संविधान ७५ वर्ष पहिला जारी गरेका थिए भने डा. अमेटकर लाई संविधानको पिता मानिन्छ ।
वर्तमान समयमा यी दुई देशहरुलाई हेरौँ । नेपाल भन्दा भारत २८ गुणा र अमेरिका ५० गुणा ठूलो छ । नागरिकको जीवनस्तर, भौतिक विकास र आधुनिक अनुसार औद्योगिक विकासले फड्को मारिरहेको देखिन्छ । त्यसकारण यस देशहरुमा नेतृत्वहरु÷अग्रजहरु देश भक्ति र स्वचालित साथै लोकतान्त्रिक आचरण र व्यवहार अपनाएका छन् । देश नीति र शब्द भन्दा पनि व्यवहारिकले चल्छ भन्ने विश्वास गर्छन् । सक्षम, योग्य र अवल नागरिक नै राज्यको सम्पत्ति र बलियो पक्ष हुन् भन्ने आत्मामा लिइएका छन् । त्यसर्थ जनता पनि रातमा ढुक्क भएर सुत्सछन् भोलि उज्जल सपना लिएर निदाउँछन् ।
परिचालित नेतृत्व÷पंत्तिहरु एक कुशल अभिनयकारको भूमिकामा धर्म, जात, हाम्रो पक्षमा कलाकारिता गरेको देखिन्छ । कसरी हुन्छ देश र जनता भन्दा पनि आफु/आफ्नालाई मात्र हेर्ने लक्षणले तय गर्दा भात–मासुमा भोट साट्ने, दुःख त्रास दिएर दवाएर राख्ने, लोभ लालच्चा र आशाभरोशा देखाएर अल्झाएर राख्ने जस्ता पशुतुल्य व्यवहारले स्वयं दुरदर्शीहिन हुन पुग्छ कुनै समय म एकलिन सक्छु भन्ने होस गुमेको देखियो । यस्तो कलाकार रुपको अभियनले निर्देशन र लगानीकर्तालाई मुनाफा हुन्छ भन्ने ज्ञानको कमि हुनुको कारण आफ्नोपन गुमेको देखिन्छ ।
अहिलेको समयमा स्वचालित र लोकतान्त्रिक आचरण र व्यवहारिक वातावरणमा जन्मेका हुर्केमा व्यक्ति हुनु पर्ने हुन्छ ।
लोकतान्त्रिक व्यवहारिक भन्नाले–त्यहाँ जानुहुँदैन, यो खानु हुँदैन, हाम्रो यस्तो, त्यो त्यस्तो भन्ने घटिया सोच विचार होइन । मानवता बुजेको, सबै तह तप्पका समूहलाई बुझेका,आस्थालाई सम्मान सहित बुझ्ने नेतृत्व व्यक्ति चाहिएको देखिन्छ । उदाहरणको निम्तिः जंगली हात्ती र घरपालुवा हात्ती यी दुई मध्ये कुन हात्तीसित सहज काम गर्न सकिन्छ ? आफै छुट्याउने प्रयास गरौँ ।
त्यसकारण, कुनै पनि दल, स्वतन्त्र र पुस्ता–जेड्, वाइ, अल्फा, वेटा किन नहोस पुरानो सोच र परिचालित हुन्छ भने, सर्पको मुखमा भ्यागुता पसे जस्तै हो अलिक फुत्किने बल गर्दा सहयोग दिन्छ पुच्छर मुखमा राखे जस्तौ । हाम्रो हालत यस्तै हुन सक्छ ।
अब तपाईहामीले स्वचालित र लोकतान्त्रिक आचरण र व्यवहारिक भावना भएको ठेट नेपाली, मन, निडर नागरिक चुन्ने समय आएको छ । विशेष हामी नेपाली छिट्टै आवेशमा आउने भावनामा बग्ने गछौँ, लहैलहैमा लाग्ने, रुचाएको ब्यक्ति, जातधर्म, खान–मान र विकृत–विरतरणमा फसी हिजोको विर्सने र भोलीलाई नसम्जिने हुन्छौ, यस्तै व्यवहारले हामी पुस्तौ–पुस्ता खाडलमा जाकिरहेका छौँ । समयनुसार हाम्रो भन्दा पनि राम्रो खुट्याउने–चुहाउने अवस्थाको हिसावले देशले खोजेको व्यक्ति चुन्नु हिम्मत गर्दै परिवर्तन हुन आट गर्नु पर्छ ।
अर्को विशेषः २०७२ को संविधान लोकतान्त्रिक संघीय व्यवस्था अनुसार परराष्ट्र नीति, मुद्रा छपाई–वितरण, राज्य सुरक्षा यी सबै केन्द्र सरकारको मातहातभित्र रहने व्यवस्था छ । कुनै पनि विदेशी सहयोग (नगद वा जिन्सी) परराष्ट्र मन्त्रालय मार्फत राज्य कोषमा दाखिला गराई सो शिर्षकको आधारमा सदुपयोग गर्नु पर्ने हुन्छ । तर कतिपय सिधै राजदुतावास र संघ संगठन मार्फत प्रयोग भइरहेको देखिन्छ ।
यस्ता गतिविधिले आउने दिनहरुमा देशलाई ठूलो झट्का लाग्न सक्छ, समयमा नै निगरानी पु¥याए राम्रो हुन सक्छ । सबै सचेत बनौँ ।

प्रतिकृया दिनुहोस्