झापामा बाढीपीडितलाई श्री सत्य साई सेवा संगठनद्वारा निरन्तर सेवा

2025-12-15 मा प्रकाशित

झापा । श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश १ ‘क’ को आयोजनामा शनिबार बाढी प्रभावित क्षेत्रका ६८ घर परिवारलाई राहत वितरण गरिएको छ ।
संगठनले झापा गाउँपालिका वडा नं.–१ अन्तर्गत मिलन बस्तीका ८६ घरपरिवारलाई जनही १–१ थान न्यानो ब्ल्याङ्केट वितरण गरेको हो । उक्त सेवा कार्यक्रमको अगुवाइ प्रदेशका पूर्व युवा संयोजक सन्दीप गिरीले गरेका थिए ।
यसअघि पनि संगठनले झापा गाउँपालिका वडा नं.–२ अन्तर्गत सुथाबथान र सिर्जनाचोक क्षेत्रमा १४८ थान न्यानो ब्ल्याङ्केट वितरण गरेको थियो । त्यस्तै भद्रपुरमा १५ थान, बाह्रदशीमा १५ थान, कन्नकाई नगरपालिकामा १५ थान तथा ४ जना सडक मानवलाई समेत न्यानो ब्ल्याङ्केट वितरण गरिएको थियो ।


संगठनले यसअघि झापा गाउँपालिका–२ स्थित सुगाबथान बस्तीका बढी पीडित ५७ घरपरिवारलाई झुल, त्रिपाल, टूथब्रस, टूथपेष्ट, साबुन, फिनेल, चियापत्ती, बालबालिकाका लागि लुगा तथा बिस्कुट वितरण गर्दै सेवा कार्यक्रम सम्पन्न गरिएको संगठनका दे जानकारी दिए ।


“सेवा नै साधना हो, प्रेम नै मेरो सन्देश हो” भन्ने अमृत वचनलाई आत्मसात गर्दै मानव पीडामा मल्हम लगाउने उद्देश्यसहित श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश समिति–१ ‘क’ को आयोजनामा मानव सेवाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संगठनले कोभिड–१९ महामारीका समयमा पनि करिब तीन महिनासम्म सडक मानवलाई नियमित खाना सेवा प्रदान गर्नुका साथै अक्सिजन सिलिन्डर सेवा सञ्चालन गरेको थियो । यसबाहेक विभिन्न आपत्कालीन अवस्थामा संगठनले मानवतामूलक सेवाहरू निरन्तर रूपमा गर्दै आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु