मेचीनगर । मेचीनगर –६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार बिभिन्न आकर्षक सीप र कला प्रदर्शन गरे । विद्यालयले सिनियर विद्यार्थीहरुको विभिन्न विद्यामा प्रदर्शनी आयोजना गरेको थियो । पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणीत, नेपाली भाषा, चित्रकला तथा हस्तकलाका बिभिन्न आकर्षक सामाग्री निमार्ण गरेर विद्यालय परिसर सजाइएको थियो ।
विद्यार्थीहरुकले निर्माण गरेका धरहरा, काँकरभिट्ट स्थित विश्वनाथ बाबाको मन्दिर, कृष्ण थुम्की, मिनी माउण्टेन, लगायत पर्यटकी तथा धार्मिक स्थल, स्मार्ट सिटी, पोलुसन नियन्त्रणको आवश्यक सामग्री, ब्रम्हाण्ड, वनजंगल, विज्ञानका बिभिन्न आर्षक सामग्रीले, विद्यालय परिसरमा निर्माण गरिएका ५ वटा स्टल भरिभराउ थियो ।

आफ्ना नानीहरुले निर्माण गरेका ती आकर्षक सामग्रीहरु नियाल्न पुगेका अभिभावकहरु भने छोरा–छोरीहरुको प्रतिभा देखेर दंग थिए । दिउँसो दुईबजेबाट सुरु भएको प्रदर्शनी करिव ४ बजेसम्म चलेको थियो । प्रदर्शनीमा राखिएका बिभिन्न सामग्रीहरुको बारेमा विद्यार्थीहरुले अभिभावकहरुलाई जानकारी गराएका थिए ।
विद्यार्थीहरुको प्रतिभा देखेर शिक्षक तथा अभिभावकहरुमात्र होइन स्थानीयहरु समेत उत्साहित बनेका थिए । स्टलमा सजाइएका बिभिन्न सामग्रीहरु नियालेपछि स्थानीय अभिभावक अमर खड्काले यस किसिमको कार्यक्रमले नानीहरुको क्षमता विकासमा सहयोग पुग्नुको साथै धर्म, संस्कार, संस्कृति, पर्यावरण लगायतका विविध विषयमा उनीहरुलाई ज्ञान बढ्नुको साथै सचेत र सकारात्मक बन्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रमले उनीहरुमा सीपको विकास हुनुका साथै सामुहिक भावनाको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रमका सहभागि अर्का अभिभावक विकास भट्टराईले समेत कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिए । आफ्नो नानी नर्सरीमा पढ्ने गरेको बताउँदै उनले नानीहरुको सुन्दर भविश्य निर्माणमा पशुपति माविको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । यस किसिमको कार्यक्रमले विद्यार्थी क्षमता विकास हुने उनले बताए ।

प्रदर्शनीमा सहभागि अभिभावकहरुलाई धन्यवाद ज्ञापान गर्दै विद्यालयका शिक्षक खेम लिम्बुले विद्यार्थीहरुको कला, सीप र क्षमता प्रदर्शन गर्न विद्यालयले समय समयमा यस किसिमको अतिरिक्त क्रियाकलपा गराउँदै आएको बताए । ‘हामीले विद्यार्थीहरुको सुन्दर भविश्य निर्माण गर्नै संकल्य लिएका छौं’, उनले भने, ‘बितावी ज्ञानले मात्र अब जीवन सफल हुँदैन, त्यसैले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिएका छौं । सीप सिकाएर दक्ष बनाउने अभियानमा छौं ।’ उनले शिक्षक र विद्यार्थहरुको १५ दिनको निरन्तर प्रयासको कारण आज भब्य कार्यक्रम गर्न सफल भएको बताए । प्रदर्शनमा राखिएका सम्पूर्ण सामग्री विद्यार्थी स्वयमले निर्माण गरेको उनको भनाई छ ।
विद्यालयले दुई साता अधि मिनी एक्पो आयोजना गरेको थियो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले बिभिन्न गीत गाएर अभिभावकलाई मनोरञ्जन समेत प्रदान गरेका थिए ।


प्रतिकृया दिनुहोस्