मेचीनगर । आधुनिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा अन्तर्गत अन्तिम माइन्युट प्रमाणिकरण सभा बुधबार सम्पन्न भएको छ ।
काँकरभिटा क्याम्पसमा आयोजित साधारसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले गरका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले देश र समाजको समृद्धिको भरपर्दाे आधार सहकारी भएको बताए ।

केही सञ्चालकहरुको लापर्वाहीको कारण समग्र सहकारी बदनामा हुँदै गएको भन्दै उनले सहकारी प्रतिको विश्वासलाई जोगाइराख्न सञ्चालकहरुले विशेष ध्यान दिनु पर्ने बताए ।
पछिल्लो समय नकारात्कम भावनाको विकास बढ्दै गएको बताउँदै उनले भने, ‘हामी नेपाली हरेक कुरामा समृद्ध छौं तर आफूले आफैलाई चिन्न नसक्दा अत्यन्तै कमजोर मानसिकता बन्दै गएको छ । एउटाको घर जल्दा अर्काे रमाउने प्रवृति सुरु भएको छ । हाम्रो आचारण संस्कार हराउँदै गएको छ । मानवीयता हराउँदै गएको छ ।’ आज देशमा केही भएन, युवा सबै विदेश भासिए भन्ने भाष्य सिर्जना गरिँदै छ । सबै युवा विदेश थिए भने जेनजी आन्दोलन कसरी भयो कहाँबाट आए युवा उनले प्रश्न गरे ?

सो अवसरमा जिल्ला सहकारी संघ झापाका वरिष्ट उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सरकारले सरकारीलाई नियमन गर्ने बहानामा अंकुश लगाउँदै गएको भन्दै त्यसको विरोध जनाए । स्थानीय सरकार, प्रदेश र केन्द्र सबै क्षेत्रबाट नियमन गर्ने बहानामा सहकारीलाई अंकुश लगाउने काम भइरहेको छ । देशभर रहेका ३३ हजार सहकारी मध्ये एक डेड सय सहकारीले बदमासी गरेर होलान तर सरकार सबै काम छोडेर सहकारीको पछि लागेको छ । के सरकारको अरु काम छैन ? उनले प्रश्न गरे ।
पहिल्लो समय केही सञ्चाकल हरुको लाववाहीको कारण सहकारी बदनाम बनेको तीतो यथार्त सुनाउँदै उनले सहकारी विधि र प्रक्रिया भन्दा बाहिर गएर सञ्चालन गर्न नहुने बताए । उनले सहकारी प्रति गुमेको विश्वासलाई पुनः फर्काउन सञ्चालक र कर्मचारी सजग हुनु पर्ने बताए ।
कार्यक्रको अवसरमा सहकारीले उत्कृष्ण ऋणी, ज्येष्ठ सदस्य, उत्कृष्ट बाल सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता तथा उत्कष्ट सेवा केन्द्रलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट ऋणी तर्फ होम बहादुर पौडेल काँकरभिट्टा , नुरजहा बेगम भद्रपुर, नारायण प्रसाद चिमरिया, बिर्तामोड, कमला पराजुली, भृकुटी, इन्द्र प्रसाद आचार्य चारआली, ज्येष्ठ सदस्य सम्मान टिकामाया पुलामी मगर काँकरभिट्टा, गीता दास भद्रपुर, कल्पना ढुंगाना, विर्तामोड , रामबहादुर राई भृकुटी, इन्द्रबहादुर आले चारआलीलाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट बाल सदस्य तर्फ आरभ वस्नेत काँकरभिट्टा, दिक्षा राजवंशी भद्रपुर, एरिक विष्ट बिर्तामोड, संस्कार दाहाल भृकुटी र आकृषा कटुवाललाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बचतकर्ता तर्फ श्रद्धा क्षेत्री काँकरभिट्टा, इन्द्र कुमार महतो भद्रपुर रुपादेवी तिम्सिना बिर्तामोड मीना गुरुङ भृकुटी र गंगामाया बराल चारआलीलाई सम्मान गरेको छ ।
त्यसैगरी सहकारीले उत्कृष्ट कर्मचारी सम्मान सदस्य सहजकर्ता उमा बस्नेत थापालाई र कार्यालय सहायक अर्जुन कुमार दाहाललाई सम्मान गरेको छ ।
सहकारीले पौष २ गतेबाट इकाईगत साधरण सभा सुरु गरेको थियो । पौष २ गते काँकरभिट्टा इकाईबाट सुरु भएको कार्यक्रमम क्रमश ४ गते भद्रपुमा ६ गते बिर्तामोड तथा चारआली इकाईमा सम्पन्न भयो भने ८ गते भृकुटी इकाईको साधारण सभा सम्पन्न भएको थियो ।

सहकारी संस्थाका अध्यक्ष कमल थापाको सभापतित्वमा आयोजित अन्तिम माइन्यूट प्रमाणिकरण सभामा अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी नाफामुलक संस्था नभएर सेवामुलक संस्था भएको बताए ।
कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष अंगद बहादु थापा महेन्द्रद्वार सहकारी संस्था उपाध्यक्ष युद्धराज ओली, राष्ट्रिय सहकारी बैंक मेचीनगर शाखाका शाखा प्रमुख प्रेम कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी संस्थाका ब्यवस्थापक पारस ओलीले अन्तिम माइन्यूट प्रमाणिकरण बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव भिम प्रसाद लम्सालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्