राजनीतिक लोडसेडिङ हटाएर देशमा सुशासन कायम गर्नुछ: घिसिङ

2026-02-11 मा प्रकाशित

काँकरभिट्टा, २८ माघ । उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले राजनीतिक क्षेत्रको अँध्यारोलाई हटाउनु पर्ने बताएका छन् ।

आज काँकरभिट्टामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता घिसिङले अब उज्यालो पार्टीलाई मतदान गरेर देशमा उज्यालो छर्न अपिल गरेका हुन् । ‘सबैभन्दा बढी राजनीतिक क्षेत्रमा अँध्यारो छ,’ लोडसेडिङ हटायौँ, अब राजनीतिक लोडसेडिङ हटाएर देशमा सुशासन कायम गर्नुछ ।’

उनले उज्यालो पार्टीका तर्फबाट झापा क्षेत्र नं १ का उम्मेदवार बनेका नरेशकुमार लावतीलाई भोट दिन अपिल गर्दै भने, ‘उहाँले जित्नु कुलमान घिसिङले जित्नु हो, देशले जित्नु हो । त्यसैले लावतीलाई भोट दिएर मुलुकमा उज्यालो ल्याउन सबैमा आग्रह गर्दछु ।’

अध्यक्ष घिसिङले विगतमा आफूहरुले भाषणभन्दा काम गरेर देखाएको बताए । उनले जेनजी आन्दोलन पछिको सबैभन्दा नयाँ पार्टी आफूहरुको भएको पनि दाबी गरे । नयाँ पार्टीमा नयाँ विश्वासका साथ अघि बढेर काम गर्नेमा कुनै दुविधा नराख्न उनले आग्रह गरे ।

चुनावी प्रचारका लागि झापा आएका अध्यक्ष घिसिङसहित कार्यकर्ताहरुले काँकरभिट्टामा र्यालीसमेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु