मेचीनगर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरुले मतदाताको घरमा पुग्ने अभियानलाई तीब्र पार्दै लगेका छन् । फागुन ४ गतेबाट निर्वाचन प्रचार प्रसार गर्न पाइने भएपछि दलहरु औपचारिक रुपमै बाजगाजा सहित चुनावी अभियानमा जुटेका हुन् ।
आफ्नो पक्षमा जीत सुनिश्चित गर्न दलहरु भिभिन्न चुनावी एजेण्डा सहित मतदाताहरुलाई यतिखेर फकाइरहेका छन् । उम्मेदवार स्वयम सबैको घर दैलोमा पुग्न नसक्ने भन्दै पार्टीका कार्यकर्ताहरु समेत आफ्नो टोल क्षेत्रलाई सुरक्षित गर्न तथा आफ्नो पार्टीको उम्मेदवार तथा पार्टीलाई मतदान गर्न आग्रह गर्दै टोल अभियान समेत सञ्चालन गरिरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डे मंगलबार मेचीनगर १५ का मतदातासँग मतमाग्न व्यस्त थिए । उनी ज्यामिरगढी घुम्दै गर्दा उत्तीकै उत्साहका साथ पार्टी कार्यकर्ताहरु मेचीनगर– ५ स्थित माङ्हिम टोल क्षेत्रमा परिचालित थिए । उम्मेदवार बिनै मतदाता बीच पुगेका कर्यकर्ताहरुले बदलिएको कांग्रेसले सबै खाले समस्या समाधान गर्ने भन्दै रुख चिन्ह्मा मतदान गरेर प्रत्यक्ष तर्फ केशवराज पाण्डेलाई विजयी गराउन आग्रह गर्दै घरदैलो गरेका थिए । उता नेकपा एमाले, राप्रपा, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्रपार्टी लगायत बिभिन्न दलहरुले समेत यतिखेर चुनावी अभियानलाई तीब्रता दिइरहरेका छन् ।



प्रतिकृया दिनुहोस्