मेचीनगर। श्रमसंस्कृति पार्टी मेचीनगर–८ को अध्यक्षमा सकुन बाँस्कोटा सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न पार्टीको प्रथम वडा अधिवेशनले बाँस्कोटाको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उमेश थापा मगर, सचिवमा आरती तामाङ, सहसचिवमा नरबहादुर मगर तथा कोषाध्यक्षमा विजय राई सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा मीना राई, अनिता विक, सेमन्ता मेचे र राजु मगर चयन भएका छन्।
अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिका सदस्यहरूमा चन्द्रकुमार लिम्बू, एन.बी. गुरुङ, सुर्जामान मगर, देवराज गिरीलगायत रहेका छन्।
कार्यक्रम श्रमसंस्कृति पार्टी मेचीनगर–८ का संयोजक ध्रुवसिंहदान तामाङको सभापतित्व तथा पार्टीका नगर उपाध्यक्ष रेनुका राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रेनुका राईसहित पदम सुनुवार, आरती तामाङ, विजय राई, एन.बी. गुरुङ र अक्कल कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा वडा संयोजक एवं कार्यक्रमका सभापति तामाङले वडा समितिले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाबारे प्रकाश पार्दै सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन उमेश मगरले गरेका थिए ।


प्रतिकृया दिनुहोस्