मेचीनगर, ५ असार । नेपाल स्काउट ७० औं स्थापना दिवस झापाको मेचीनगरमा शनिवार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल स्काउट मेचीनगर समितिले मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरको सरसफाई र मन्दिर परिसरमा बृक्षारोपण गरेको थियो ।
कार्यक्रममा नेपाल स्काउटकी मेचीनगर संयोजक रीता थापा एवम् पूर्व आयुक्तहरु भुवन सुब्बा खरेल मीना कट्वाल कार्कीलगायत वरिष्ठ स्काउटर, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय ज्याम्बोरीमा विशेष योगदान दिई ज्याम्बोरी सफल पार्नेसर्भिस टिमका रोभर÷रेन्जरहरु, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा ट्राफिक प्रहरी हवाल्दार कुमार भट्टराईलगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।
स्काउट भक्त, उपयोगी र सहयोगी हुन्छ ,सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भागिनित्व कायम राख्दछ , विनम्र हुन्छ , स्काउट प्राणी प्रति दयालु हुन्छ र स्काउट अनुशासित र आज्ञाकारी हुने मेचीनगर संयोजक थापाको भनाई छ । दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने बताउँदैं पछिल्लो समय कोभिड १९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समेत नेपाल सनाको साथमा नेपाल स्काउटले गर्ने गरेको उहाँको भनाई छ ।
प्रतिकृया दिनुहोस्