अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राई सम्मानित

2021-08-23 मा प्रकाशित

कनकाई ÷ अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई झापाको सुरुङ्गामा सम्मान गरिएको छ ।
भmापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका हुन् ।
कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई भ्याट्रन क्लव, मदन भण्डारी स्पोर्टस एकाडेमी लगायत विभिन्न संघसंस्थाहरुले दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरेका हुन् ।
खेलाडी तथा धावक मिरा राईले छोटो समयमै अल्ट्रा रनमा नेपालमा मात्र नभई विस्वमै नेपालको शिर उच्च हुने गरी प्राप्त गरेको सफलता साथै खेलकुदप्रतिको योगदानको उच्च कदर गर्दै यो सम्मान गरिएको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले बताए । कनकाई नगरीमा गरिएको यो सम्मानले धावक राईलाई आगामी दिनमा समेत थप हौसला प्रदान गर्दै सफलता हात पर्ने विश्वास गरिएको छ ।
बुबा सुकबहादुर र आमा मम्फारानी राईकी छोरी मिरा राई भोजपुरको दुम्मा गाउँपालिका ५ मा जन्मिएकी हुन् । सानै उमेरदेखि नै खेलकुदका क्षेत्रमा रुची राख्ने राईले अल्ट्रा दौड शुरु गरेको २ वर्षमै सफलताको शिखर चुम्न सफल बनेको बताइएको छ । उनी हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरुमा अल्ट्रा दौडमा भाग लिएर विश्व चेम्पियन बनिसकेकी छन् । विश्वकै उकालो ओरालोमा गरिने यो दौडबाट आफ्नो प्रतिभा देखाउँने अवसर प्राप्त भएकोमा आँफैलाई गौरव लागेको भन्दै राईले आँफ्नो अनुभव बताइन् ।
कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा १ नं. प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको प्रतिष्ठानका सचिव विनोद रानामगरले जानकारी दिएका छन् ।
सम्मान कार्यक्रममा सहभागी कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, सुरुङ्गा खानेपानी संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, सम्मानित धावक मिरा राई लगायतले देशका यस्ता प्रतिभालाई सरकारका तर्फबाट महत्वका साथ हौसला प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । सम्मानित धावक राईले खेलाडीलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने गरीको कार्यक्रम ल्याउँन सरकारलाई अपिल गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु