मतदाता खोज्दै नेकपा एमाले चिया बगानमा

2022-11-08 मा प्रकाशित

झापा, २२ कात्तिक । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेलले नेकपा एमालेले किसान र मजदूरलाई विर्सेर अघि नबढ्ने बताए ।

उनले मंगलबार नकलबन्दा टि–स्टेटका मजदूरहरुका समस्या बुझ्दै बर्गीय असमानताको पक्षविरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको धारणा व्यक्त गरे ।

“जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोष, गरीब, विपन्न र असहाय र सुकुम्वासीको हितमा काम सुरु गर्छ”, उनले भने, “तर जब कांग्रेसको सरकार बन्छ । एमाले सरकारले निर्णय गरेको कुरा पनि कार्यान्वयन हुँदैन ।”

उनले नेकपा एमालेको सरकारकै पालामा श्रमिकहरुको ज्याला रु। १५ हजार पुर्याएको र अब बन्ने एमाले सरकारले न्यूनतम ज्याला रु २५ हजार पुर्याउने उनीहरुलाई जानकारी दिए । खरेलले नेकपा एमालेको हालै सार्वजनिक भएको घोषणा पत्रमा श्रमिकको ज्याला रु। २५ हजार तोकिएको र त्यसलाई सरकार बने लगत्तै व्यवहारमा कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सभा ९क० का उम्मेद्वार रविन कोइरालाले जनता र मजदूरको अभिभावक पार्टी एमालेले घरवारविहीनलाई बसोवासको व्यवस्था मिलाउने बताए । उनले भने, “बगानबाट रिटायर्ड भएका मजदूरको भविष्यमा बसोवासका लागि नेकपा एमालेले एकीकृत बस्तीको व्यवस्था गर्ने उनीहरुसमक्ष प्रतिवद्धता व्यक्त गरे ।
चिया मजदूर संघको केन्द्रीय महासचिव रामबहादुर राईले एमालले बनाएको ऐन, कानुनलाई समेत बर्तमान गठबन्धन सरकारले कार्यान्वयन नगर्दा मजदूरहरु समस्यामा परेको बताए । मतमाग्न पुगेका उम्म्दवारहरुलाई मतदाताले आफ्ना समस्या राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु