राष्ट्रपतिमा पौडेल र नेम्वाङ बीच प्रतिष्पर्धा हुने

2023-02-25 मा प्रकाशित

झापा । आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्बाङबीच प्रतिष्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति पदका लागि ८ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवार दर्ता गराएका छन् ।

शनिबार निर्वाचन आयोगमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका रामचन्द्र पौडेलाई सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसहित ८ दलले सघाउने भएका छन् । उनलाई आफ्नो दल कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।८ दलको समर्थनमा राष्ट्रपतिको पदमा लागि उम्मेदवार बनेका पौडेलको जित सुनिश्चत भएको उनलाई समर्थन गर्ने दलहरुको दाबी छ ।

यसैगरी उता, राष्ट्रपतिका अर्का प्रत्याशी सुवासचन्द्र नेम्वाङलाई एमालेले अघि सारेको छ। जहाँ उनको दल एमाले बाहेक अन्य दलहरु खुलेका छैनन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु