लागु औषध नियन्त्रण गर्न पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन

2023-10-11 मा प्रकाशित

झापा । चाडपर्वका बेला पूर्वी नाकाबाट बिष्फोटक पदार्थ तथा लागु औषध भित्रिन सक्ने भन्दै प्रहरीले सीमा नाका काँकरभिट्टमा विशेष तालिम पाप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरेको छ ।
प्रहरीले सीमा नाकाको सुरक्षा तथा चेकजाँचलाई थप कडाई गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय धरानबाट जर्मन सेफर्ड जातका दुईवटा कुकुर ल्याएको इलाका प्रहरी कार्यालयका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । दुई कुकुर मध्ये एउटा ‘पारु’ र अर्काे ‘पिङ्कु’ रहेका छन् ।
‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने र ‘पिङ्कु’ले लागुऔषध पत्ता लगाउन सहयोग गर्ने बताइएको छ । कुकुर परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी समेत खटिएका छन् । भारतका बिभिन्न प्रान्त तथा तेस्रो देशका नागरिकहरुको लागि नेपाल प्रवेश गर्ने नाका मध्ये छोटो दुरीमा रहेको मुख्य नाका काँकरभ्टिा हो । भुटान, बङ्गलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् ।
पूर्वी नाका काँकडभिट्टामा सुरक्षा जाँचलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रहरीको योजना रहेको प्रनाउ भारतीले बताए । दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारीसाधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमानसमेत रेकर्ड गर्नसक्ने राडार गनसहितको सीसी क्यामरा जडान प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु