झापा प्रहरीले गर्याे लाखौं मुल्य बराबरको पटका नस्ट

2023-11-13 मा प्रकाशित

झापा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो ।

सिमानाका हुँदै छिमेकी राष्ट्र भारतबाट प्रतिबन्धित बारुदजन्य पटाका नेपाल भित्रिन नदिन जिल्ला स्थित प्रहरीको सक्रियतामा सिमावर्ती क्षेत्रमा चेक जाँचमा कडाई गरिएको थियो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको टिमले झापाको बिभिन्न स्थानबाट खुर्सानी बम ५० बन्डल, फुलझरी ३० बन्डल, बुलेट बम २० बन्डल, कोकटेल बम २० बन्डल, चकलेट बम २५ बन्डल, झिरझिरे बम ४५ बन्डल, इलेक्ट्रीक बम ३० बन्डल, रकेट बम २२ बन्डल, मटका बम २५ बन्डल गरी ६ लाख ४५ हजार ५ सय मुल्य बराबको प्रतिबन्धित बारुदजन्य पटाका बरामद गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट ६० हजार मुल्य बराबरको बारुदजन्य पटाका, इलाका प्रहरी कार्यालय केचनाबाट ४८ हजार ५ सय मुल्य बराबरको प्रतिबन्धित बारुदजन्य पटाका, इलाका प्रहरी कार्यालय जलथल ४१ हजार ८ सय मुल्यबराबरको प्रतिबन्धित बारुदजन्य पटाका बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त बरामद गरिएको पटाकालाई जिल्ला प्रहरी कार्यालय झापाले शनिबार बिहान पत्रकार सम्मेलन गरी नष्ट गरेको छ ।

अवैध रूपमा ओसारपसार भइरहेकोमा अवस्थामा प्रहरीले विभिन्न प्रकारका पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल बताउँछन् । उनले यसपाली चेक जाँचमा कडाई गर्दा बिगत बर्षहरुको भन्दा कम मात्रामा भारतबाट प्रतिबन्धित बारुदजन्य पटाका नेपाल भित्राउन खोजिएको बताए ।

प्रतिबन्धित बारुदजन्य पटाकामा कडाइका साथ निगरानी बढाएकाले पसलमा लुकाइछिपाई बिक्री वितरण गरिरहेको पनि जफत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । पटाकाको आयात र प्रयोगमा केही नियन्त्रण गरिए पनि पूर्ण रूपमा निर्मूल पार्न नसकिएको प्रवक्ता रिजालले बताए। त्यसमा सबैको सहयोग आवश्यक भएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु