पञ्चावटी वीरभद्र महाकाली धाममा श्रीमद् भागवत महापुराण सुरु

2023-12-01 मा प्रकाशित

चारआली । झापाको मेचीनगर(१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाममा आजबाट श्रीमद् भागवत महापुराण सुरु भएको छ । पराणको उद्घाटन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले गरिन् । पुराण उद्घाछन कार्यक्रमलाई सम्बोधन गर्दे उपसभामुख रानाले हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छ्न् ।

संसारमा मानिदैँ आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी रानाले हिन्दु सनातन धर्म सबैको साझा धर्म भएको बताएकी हुन् ।

परम्परागत र आधुनिक समयमा यसको महत्त्वबारे बताउँदै उनले पछिल्लो समयमा हिन्दु सनातन साँगुरिदै आएको भन्दै सबै सचेत हुनुपर्ने बताइन् । उनले महिला हिंसालाई अन्त्य गर्न सरकारले लगानी गर्नुपर्ने बताइन् । १६ दिने अन्तर्राष्ट्रिय हिंसा दिवस चर्चा गर्दै लैगिक हिंसालाई अन्त्य गर्ने सरकारीस्तरको लगानीले मात्रै सफल हुने मगरको धारणा थियो ।

कार्यक्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, मन्दिर संचालक समितिका अध्यक्ष इन्द्रमणी प्रसाईले धारणा राखेका थिए । सभापति तिलकप्रसाद गिरीको अध्यक्षतामा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन(धान्यञ्चल महापुराणमा भक्त खेवाङ्गले स्वागत तथा प्रेमराज घिमिरे र केशब भट्टराईले संचालन गरेका थिए । कार्यक्रमपछि चर्चित भागवत वाचिका राधिका दासीले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन(धान्यञ्चल महापुराण सुरु गरेकी थिइन् ।

पुराणको पहिलो दिन मन्दिर धाम परिसरवाट चारआलीस्थित पाउँ पाथीभरा मन्दिरदेखि कालिझोडा हुँदै १ सय ८ कशल, सांस्कृतिक झाकीसहितको कलशयात्रा सम्पन्न गरेको थियो ।

आन्तरिक तथा बाहृय पर्यटकलाई बडवा दिने उद्देश्यले बिर्सिदै गएको नृत्यकर्म, धार्मिक अनुसाशन, नयाँ पुस्तालाई धार्मिक अनुष्ठानको बारेमा अवगत गराउन, जेष्ठ नागरिकलाई चौतारी निर्माण गरी अनुभवको आदानप्रदान गराउन, धार्मिक तथा लोप हुन लागेका पुस्तक, प्रचीनकालका प्रयोग गरिने सामाग्री, बाजागाजाको ब्यवस्थापन गर्न, चारआली र बुधबारेमा ब्यवस्थित अतिथि सदन नहुँदा सामाजिक कार्य गर्न धुलाबारी र बिर्तामोड लगायत टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै बिवाह, ब्रतबन्ध, पार्टीका लागि ब्यवस्थित गर्न अतिथि सदन वा सामुदायिक भवनको निर्माण गर्ने, श्रीपञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरलाई घेराबारा तथा संचालनलाई ब्यवस्थित गर्न अक्षयकोषको स्थापना गर्ने योजना रहेको महापुराण ब्यवस्थापन गरिएको अध्यक्ष गिरीले बताए ।

पुराणबाट १ करोडबढी आर्थिक संकलन गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु