मेचीनगरमा इन्डक्सन चुल्हो वितरण गरिने

2023-12-27 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो (इन्डक्सन चुल्हो) वितरणलाई तिब्रता दिइने भएको छ । उक्त इन्डक्सन चुल्होको वितरण बिहिबारबाट हुने मेचीनगरमा चुल्हो वितरण अभियानका पहलकर्ता सन्तोष मेचेले जानकारी दिए ।

उनले बिहिबारदेखि मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई विद्युतीय खाना पकाउने इन्डक्सन चुल्होसहित आवश्यक कुकर, कराई र प्लकसमेत वितरण गरिने जानकारी दिए ।

इपिसिले मेचीनगर क्षेत्रमा रहेका दुर्गेश्वरी कृषि सहकारी संस्था लि र संजिविनी महिला विकास संस्था मार्फत बजार मुल्य १३ हजार ५ सय पर्ने उक्त चुल्होसहित २ हजार ५ सयमा वितरण गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु