टुटेका मन, परिवार र समाजलाई जोड्नु होस् समृद्धि त्यहीबाट शुरु हुन्छ : महामन्त्री शर्मा

2024-01-13 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् ।
बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अिितथि शर्माले सो कुरा बताएका हुन् ।
समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह उब्जदै छ निराशा चुलिएको छ, प्रमुख अतिथि शर्माले भने, ‘संसारको सबैभन्दा पुरानो संस्था परिवार त्यो आज त्यो पनि खण्डित बन्दै छ, समाज र परिवारलाई जोड्नसक्नु समाज रुपान्तरणको लागि एउटा महत्वपूर्ण अभियान भएको हो ।’
सामाजिक रुपान्तरणको अभियानमा जेसीज अग्रपंङतीमा उभिएर सबैसंग हातेमालो गरेर अघि बढ्नसके बिभेद रहित समाजको निर्माण गर्न सकिने उनले बताए । देश बनाउनु भनेको बाटो, बिजुली र ठूला ठूला एयरपोर्ट बनाउनु मात्र होइन् शर्माले भने, ‘मान्छेले आत्मसम्मान पूर्वक बाँच्न पाउने समाज निर्माण गर्नु पनि विकास हो ।’ नेपाल शतीले शरापेको देश नभएर, भगवान गौतम बुद्धले आशिर्वाद प्राप्त गरेको देश भएको बताउँदै उनले आशाको जगमा उभिएर समाज र देशलाई समृद्धि तर्फ लैजानु पर्ने बताए ।
चुनाव जित्नको लागि राजनीतिक कर्मीहरुले ठूलाठूला सपना र आश्वासन बाँड्ने गरेका कारण आज देशलाई ठूलो ऋणको भार बढ्दै गएको उनको भनाई थियो ।
बाहुनडाँगी जेसीज २०२३ का अध्यक्ष जेसी केवल निरौलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष निरौलाले नवनिर्वाचित वर्ष २०२४ का अध्यक्ष जेसी देबु बानियाँलाई चेन हतान्तरण गरेका थिए भने सफद ग्रहण समेत गराए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु