मेचीनगरमा ३ हजार बढीको पीसीआर परीक्षण

2020-08-31 मा प्रकाशित

मेचीनगर ÷ मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड१९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीको टिमले नगरका १५ वटै वडामा रहेका भारतलगायत विदेशबाट आएर होम, होटल तथा सामुदायिक क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरमा बसेकाकोदेखि सुदायस्तरमा समेत नगरपालिकाले पीसीआर परीक्षणको दायरा बढाएको छ ।

नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार आइतबारसम्म ३ हजार ३ सय ३ जनाको थ्रोड स्वावको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभाग र मेची प्रादेशिक अरुपताल भद्रपुरको प्रयोगशालामा पठाइएको छ ।

कुल पीसीआर परीक्षण गरिएका मध्ये १ सय ९ जनामा नोवल कोरोना भाइस कोभिड१९ को संक्रमण देखिए पनि ९८ जना निको भएर घर फर्किसकेका छन् । बाकी ७ जनामध्ये १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर ११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गगरिएको आइसोलेसन सेन्टरमा ७ र कोभिड अस्पताल सुन्दरहरैचा मोरङ गोठगाउँमा ४ जना रहेका छन् । समुदायस्तरमा कोभिड १९को संक्रमण पुष्टि भए विरामीसहितको कन्ट्रयाक्ट ट्रेसिङ गरि पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु