महालक्ष्मी कृषि सहकारीले गर्‍यो निःशुल्क आँखा शिविर

2024-05-04 मा प्रकाशित

मेचीनगर । महालक्ष्मी कृषि सहकारीको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ ।

मेचीनगर-५ स्थित ग्रीन भिलेज इङ्लिस स्कुलमा आयोजित आँखा शिविरमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग रहेको थियो ।

‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने नाराका साथ भएको शिविरमा जनाले आँखा जाँच गराएका थिए ।

संस्थाका अध्यक्ष टिका सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर-८ का वडा अध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, ग्रीन भिलेज इङ्लिस स्कुलका प्रिन्सिपल रोमकुमारी कार्की, डा. चन्द्र राजवंशी, डा. विकास शाह, डा. जया श्रेष्ठ, डा. सुदिप राई, डा. किरण थापाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु