मेचीनगर – २ मा बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना पुनर्गठन अध्यक्षमा गणेश

2025-02-23 मा प्रकाशित

मेचीनगर । बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) रोजगार सेवा केन्द्रले मेचीनगर पालिका अन्तर्गत बिभिन्न वडामा वडास्तरीय सञ्जाल गठन तथा पुनर्गठन कार्यलाई तीब्र पार्दै लगेको छ ।
सेवा केन्द्रले शनिबार मेचीनगर – २ वको वडासमिति पुनर्गठन गर्याे । नवगठित समितिको अध्यक्षमा गणेश कालिकोटे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सचिवमा विना विक, सदस्यहरुमा हरि राई, गिरिध्वज रुचाल, शान्तिराम पोख्रेल, भानु ढुंगेल, खगेन्द्र बास्तोला र कमल ओझा चयन भएका छन् ।
समितिका अध्यक्ष रामकुमार घिमिरेको सभापतित्व एवम् मेचीनगर –२ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष बरालले मेचीनगरपालिले विशेष कार्यक्रम अन्तर्गत (रेमी) परियोजना अघि बढाएको बताए । उनले यस कार्यक्रमले आफ्नो वडा क्षेत्रमा बैदेशिक रोजगरीबाट फर्किएका दाजुभाइ तथा दिदी बहिनीहरुसँग समन्वय हुनुका साथै स्वरोजगार अभियानमा सहयोग पुग्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु