डिल्लीराम कट्टेल स्मृतिग्रन्थ विमोचन

2025-12-25 मा प्रकाशित

बाहुण्डाँगी ÷ “हाम्रो प्रेरणाको स्रोत डिल्लीराम कट्टेल (कटेल बाजे)” स्मृतिग्रन्थ बुधबार विमोचन गरिएको छ ।
मेचीनगर नगरपालिका–४ बाहुण्डागी स्थित सामुदायिक हलमा एक भब्य कार्यक्रमकाबीच नेपाली कांग्रेसका महामन्त्र विश्वप्रकाश शर्माले सो स्मृति ग्रन्थको विमोचन गरेका हुन् ।

प्रमुख अतिथि शर्माले स्मृतिग्रन्थको विमोचन गर्दै स्व. कटेलले समाजमा पुर्याएको योगदान चर्चा गरे । महामन्त्री शर्माले डिल्लिराम कट्टेल ९ वर्षमा झापाको बाहुनडाँगीमा आमा खोज्दै आउँदा आमा नभेटेपछी सोहि स्थानमा बसेर सामाजिक क्षेत्रमा योजदान गर्दै तत्कालिन अवस्थामा उदाहरणीय प्रधानपञ्च भएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


कार्यक्रममा बोल्दै मेचिनगर नगरपालिका नगर उपप्रमुख मिना पोख्रेल (उप्रेती)ले लोकतन्त्र, सामाजिक न्याय र जनसेवाका क्षेत्रमा कटेलले देखाएको प्रतिबद्धता आजको पुस्ताका लागि अनुकरणीय रहेको बताइन् ।स्मृतिग्रन्थले व्यक्तिको मात्र नभई समग्र समाजको इतिहास बोकेको हुँदा यस्ता कृतिको संरक्षण र अध्ययन आवश्यक रहेको उप प्रमुख उप्रेतीको भनाइ थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । स्व. डिल्लीराम कटेललाई सरल, इमानदार र जनमुखी व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँको जीवन यात्रा र योगदानलाई स्मृतिग्रन्थमार्फत दस्तावेजीकरण गरिएकोमा साहित्यकार तथा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले आयोजकलाई धन्यवाद दिए ।
स्मृतिग्रन्थ विमोचन कार्यक्रममा साहित्यकार विनोद खनालले कृति समिक्षा गरेका थिए । । स्मृतिग्रन्थका सम्पादक तथा परिवारजनले ग्रन्थ तयार पार्ने क्रममा भोगेका अनुभव र उद्देश्यबारे अध्यक्ष राम कट्टेलले प्रकाश पारेका थिए । स्मृतिग्रन्थ केवल पुस्तक मात्र नभई सामाजिक उत्तरदायित्व र प्रेरणाको स्रोत भएको सहभागिहरुको धारणा थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेचिनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले स्व.डिल्लिराम कट्टेल र बाहुनडाँगीको इतिहास विकास र संमृद्धिसँग जोडिएको बताए ।

डिल्लीराम कटेल स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेललेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कट्टेलले आफ्ना पिता स्व. डिल्लीराम कट्टेल सामाजिक सेवा, निष्ठा र त्यागको प्रतिमूर्ति रहेको स्मरण गर्दै उहाँको विचार र योगदान भावी पुस्ताका लागि प्रेरणादायी रहने बताए । उनले स्मृतिग्रन्थले इतिहासलाई जीवित राख्ने महत्वपूर्ण काम गरेको उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन शिक्षक मुना राना र शान्ता निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु