धुलाबारी ३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनकको मिति नजिकिएसँगै झापा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ । संकल्प पत्र नाम दिइएको घोषणा पत्र आज एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।
सो संकल्प पत्र राप्रपाका झापा १ का उम्मेद्वार हेमराज कार्कीले सार्वजनिक सार्वजनिक गरेका थिए । राप्रपाले घोषणा पत्रमा झापा १ विशेष आर्थिक क्षेत्र [Special Economic Zone–SEZ] स्थापना गरी औद्योगिक विकास र रोजगारी सृजना गर्ने उल्लेख गरिएको छ । झापा १ को पुर्व पश्चिम राजमार्ग दक्षिणतर्फ उपयुक्त स्थान छनौट गरी औद्योगिक पार्क सहितको सेज स्थापना गर्ने राप्रपाले जनाएको छ ।
त्यस्तै स्थानीय घोषणा पत्रमा बिपन्न परिवारका लागि राशन कार्डको समेत व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यस्तै झापा १ का सडकसहितका अन्य पुर्वाधार विकासलगायतका बिषयबस्तुलाई स्थानीय घोषणा पत्रमा राप्रपाले समेटेको छ । कार्यक्रममा बोल्दै राप्रपा उम्मेद्वार कार्कीले नेपालमा बिपन्न गरीबले बजारको सामानको मुल्य जति तिर्नु पर्छ धन्याड्य व्यक्तिले पनि उक्त बस्तुको मुल्य उति नै तिर्नु पर्ने भएकोले गरीबका लागि कठिन बनेको बताउनु भयो । यस्तो व्यवस्थाले गरीबलाई बाँच्नै गारो बनाउँदै लगेकाले यसमा सुधार गरेर गरीबका लागि सस्तो मुल्यमा सामान खरिद गर्न पाउने गरी राशन कार्डको व्यवस्था गरिने बताए ।
राप्रपाका निर्वाचन परिचालन समितिका अध्यक्ष कल्याण कड्काको सभापतित्वमा सम्पन्न घोषणा पत्र कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्काले संघीयताले जनताको करबाट उठेको रकमको दुरुपयोग भएको कताए ।
मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा राप्रपा मेचीनगरका अध्यक्ष चन्द्र निरौलासहितको उपस्थितिरहेको थियो । कार्यक्रमको सञ्चालन राप्रपा नेता विशालकृष्ण ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्