झापा । मेचीनगर नगरपालिका वडानम्बर १, निन्दा सिरानस्थित गौशालामा महिला दिदीबहिनी तथा बालबालिकाहरूलाई लक्षित गरी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अमेरिकामा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत डा. जर्मीन सिम्खडाको विशेष उपस्थितिमा सम्पन्न शिविरमा करिब ६० जना महिलाहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श (ऋयगलकभष्लिन) तथा आवश्यक सुझाव प्रदान गरिएको थियो ।

शिविरमा महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै सचेतनासम्बन्धी विविध सेवाहरू उपलब्ध गराइएको थियो ।
कार्यक्रमको शुभारम्भमा स्पेनबाट आउनुभएका व्गबल द्वारा अग्निहोत्र सम्पन्न गरिएको थियो । कार्यक्रममा जैमिनी ग्रुपका संस्थापक गुरु प्रेमआङ्गीले जीवनमा स्वास्थ्यको महत्वबारे प्रकाश पार्दै आध्यात्म, योग, ध्यान, स्वस्थ खानपान, सकारात्मक सोच तथा अनुशासित जीवनशैली अपनाउन सके मात्र दीर्घकालीन रूपमा स्वस्थ रहन सकिने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा स्थानीय महिला, बालबालिका, अभिभावक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविर सञ्चालनमा मेचीनगर नगरपालिका वडा नं. १ स्थित स्वास्थ्य चौकीको महत्वपूर्ण सहयोग रहेको थियो । स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिताले स्वास्थ्य परीक्षण र परामर्श सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

स्वास्थ्य परीक्षणसँगै स्वस्थ जीवनशैली, पोषण, सरसफाइ तथा रोगको समयमै पहिचान र उपचारका विषयमा समेत जानकारी प्रदान गरिएको थियो । सहभागी महिलाहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
आयोजक परिवारले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने डा. जर्मीन सिम्खडा, मेचीनगर–१ स्वास्थ्य चौकी, व्गबल (क्उबष्ल), गुरु प्रेमआङ्गी, टंक थापा, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
“स्वस्थ महिला, स्वस्थ समाज – हाम्रो पहिचान” भन्ने नारासहित सम्पन्न शिविरले स्थानीय महिलाहरूमा स्वास्थ्यप्रति जागरण र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ । कार्यक्रमको सञ्चालन सामाजिक व्यक्तित्व टंक थापाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्