नाका खुलाउन माग गर्दै काँकरभिट्टामा एक हजारबढीले गरे हस्ताक्षर

2020-12-13 मा प्रकाशित

मेचीनगर, २८ मंसिर । लामो समयदेखि बन्द रहेको सीमा नाका खुलाउन दवाव दिने उद्देश्यले काँकरभिट्टामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा बसपार्कमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कायक्रममा एक हजार भन्दाबढी होटल, पर्यटन, मजदुर, उद्योगी–व्यापारी लगायत स्थानीय व्यक्तिहरुले हस्ताक्षर गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ ९गोपाल०ले बताए ।
१ हजार जना भन्दाबढीको हस्ताक्षर रहेको ज्ञापनपत्र संघीय सरकारमा पुग्ने गरि झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य राम कार्कीलाई सोमबार विहान मेचीनगर–९ स्थित उहाँकै घरमा पुगेर बुझाउने योजना रहेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की ९नेत्र०ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु