चारआली बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः पुष्पराज

2021-01-09 मा प्रकाशित

चारआली । मेचीनगर १३ स्थित चारआली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः पुष्पराज कार्कीको अध्यक्षतामा चयन भएका छन् ।समितिको उपाध्यक्षमा जितबहादुर श्रेष्ठ, सदस्यहरुमा राम प्रसाद शर्मा, विनिता उप्रेती, गोकुल सूबेदी, दिपा पौडेल, देवराज थपलिया, कृष्णराज पाठक र ध्रुवराज कार्की रहेका छन् ।
त्यसैगरी रघुनाथ अधिकारीको संयोजकत्वमा कमला शिवाकोटी र चन्द्र कुमार कार्की सदस्य रहेको संस्थाको लेखा समिति समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई शनिबार एक कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक विश्व थापाले प्रमाण पत्र वितरण तथा पदको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा निर्वाचन समितिका सदस्यहरु होमराज ढकाल, मोहन अधिकारी र संस्थाका व्यवस्थापक श्याम खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु