मेची र टोखा नगरपालिकाका जनप्रतिनिहिरुबीच अन्तरक्रिया

2021-02-25 मा प्रकाशित

मेचीनगर, १२ फागुन ÷ झापाको मेचीनगर पालिका र काठमाण्डौं स्थित टोखा नगरपालिका बीच विहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका नगरकार्यपालिकाका उपप्रमुख ज्ञानुमया डंगोलको नेतृत्वमा आएको १७ सदस्यीय जनप्रतिनिधिहरुको टोलीले मेचीनगरको अवलोकलन गदैं अन्तरक्रिया समेत गरेको थियो ।

अन्तरक्रियामा दुई नगरपालिकाबीच भए गरेका सकरात्मक कार्य र असल अभ्यासका बारेमा अनुभव आदान प्रदान समेत भएको थियो । त्यस क्रममा आ आफ्ना नगरमा भए गरेका असल अभ्यासहरुलाई दुवै नगरपालिकाले लिने र व्यवहारमा उतार्ने प्रतिवद्घता व्यक्त भएको छ ।

दुवै नगरपालिकाका जनप्रतिनिधिहरुले नगरका जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिएका थिए । दुवै पक्षबीच नङ र मासुको सम्बन्ध भएर अघि बढे स्थानीय तहमा आउने जस्तो सुकै समस्या पनि सहजरुपमा हल गर्न सकिने निष्कर्श निकाले थिए ।

टोखा नगरपालिकाका उपप्रमुख डंगोलले विं सं २०७१ साल मंसिर १६ गते झोरमहाँकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोगंवु ५ वटा गाविसहरु समावेश गरी टोखा नगरपालिका स्थापना भएको जानकारी दिनुभएको थियो । २०७३ चैत २७ गते स्थानीय तह घोषणा भएको टोखा नगरपालिकामा २०७४ बैशाख ३१ गते स्थानीय तहको पहिलो निर्वाचन भएको उपप्रमुख डंगोलले जानकारी दिनुभयो । ११ वटा वडा रहेको टोखा नगरपालिकामा ६० जना जनप्रतिनिधि रहेका छन् ।

नगरपालिकाको जनसंख्या ७६ हजार ७ सय २९ महिला, ७७ हजार ४ सय २६ पुरुष र ३ तेस्रो लिंगी गरी कुल १ लाख ५४ हजार १ सय ५८ रहेको जानकारी दिनुभयो । तरकारी, धान, मकै, गहुँ, आलु नगरपालिकाक्षेत्रको मुख्यः वालीकारुपमा रहेका छन् भने नगरपालिकाको क्षेत्रफल १७ दशमलव ११ वर्ग किमी रहेको छ । नगरपालिकाको प्रमुख पर्यटकियक्षेत्रको रुपमा झोरमहाँकालको वौडेश्वर महादेव, टोखा चडेश्वरीको चण्डेश्वरी र सपनतिर्थ मन्दिर, टोखा सरस्वतीको भुतखेल चौर मसानकली मन्दिर धापासीको वसुन्धरा देविको, गोगंवुको मनोरथ तिर्थस्थल र बिच विनायक मन्दिर प्रमुख रहेका उपप्रमुख डंगोलले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहानालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर बनाउन मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्घिको मूल आधार भन्ने नगर दृष्टिकोण कार्यन्वयन गर्न विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्वन गरिएको जानकारी गराउनुभयो ।

स्थानीय सरकार सञ्चालनको अभ्यास, कृषि, पर्यटन,, भौतिक पूर्वाधार तथा संरचनागत विकास, योजना छनौट तथा स्वीकृत, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रमलगायतका कार्यक्रमहरुका बारेमा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी गराउनुभयो । नेपालकै पूर्वीद्वारले परिचीत यस नगरपालिका २०५३ सालमा स्थानीय तहको रुपमा स्थापना भएको तथा साविकका बाहुनडाँगी, धाइजन, ज्यामिरगढी, दुहागढी गाविससहित मिलेर २०७३ सालमा स्थानीय तहको रुपमा मेचीनगर नगरपालिका स्थापना भएको नगरप्रमुख आचार्यले जानकारी गराउनुभयो । यस नगरपालिकाको पूर्वमा भारतको पश्चिम बंगाल राज्य, पश्चिममा विर्तामोड नगरपालिका, उत्तरमा झापाको बुद्घशान्ति र इलामको रोंग गाउँपालिका तथा दक्षिणमा भद्रपुर नगरपालिका रहेको बताउनुभयो ।

१५ वटा वडा रहेको मेचीनगर नगरपालिकाको जनसंख्या २०६८ को राष्ट्रिय जनगणना अनुसार महिला ५८ हजार ७ सय ४१ र पुरुष ५२ हजार ९ सय ९६ गरी कुल १ लाख ११ हजार ७ सय ३७ रहेको र यो नगरपालिका १ सय ९२ वर्ग किमी क्षेत्रफल रहेको प्रष्ट पार्नुभयो । उहाँले नगरपालिकाका विविध विषयमा टोखाको टोलीलाई जानकारी गराउनुभएको थियो । उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरको न्ययिक समितिले अहिलेसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउदैं समितिको संरचना र इजलासका बारेमा टोलीलाई जानकारी गराउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नगरका जनशक्तिलगायत विविध विषयमा जानकारी गराउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु