कचनकबलमा कोरोना संक्रमित बढेपछि पाँचवटा वडा सिल गरियो

2020-05-19 मा प्रकाशित

झापा , ६ जेठ । झापाको कचनकवल गाउँपालिकामा दुई दिनमा कोरोना संक्रमितको संख्या १० पुगेपछि भारतीय सीमा क्षेत्रसँग जोडिएका पाँच वटा वडालाई कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सीमासँग जोडिएका १, २, ३, ४ र ५ नं। वडामा सिल गरिएको हो ।

भारतको मुम्बईबाट चार दिन अघि फर्किएका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै ती वडाहरुमा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताए । मंगलबार कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

सोमबार वडा नम्बर ६ का २३ बर्षीय युवामा कोरोना पुष्टि भएको थियो । बाँकी ९ जनामा आज पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप जाँचको लागि उनीहरुको स्वाब काठमाडौस्थित टेकु अस्पताल पठाइएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु