दाङ र पर्साका कोरोना संक्रमितलाई ‘हवाई वेड लिफ्ट’ गरी वीएण्डसी ल्याईयो

2021-05-07 मा प्रकाशित

बिर्तामोड २४ वैशाख । दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारका लागि ल्याईएको छ ।

कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारका लागि उक्त ठाउँबाट यहाँ ल्याईएको हो ।भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी वीएण्डसी अस्पतालमा ल्याईएको थियोे ।

अस्पतालमा कोरोनाका जटिल विरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियू शैय्या अलग्गै छ । वीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६५ भेन्टिलेटरसहित आइसियू शैय्या छ ।तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू श्यया कोभिडका विरामीलाई छुट्याएको र विरामीको आवश्यकता अनुसार थप गर्दै जाने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ दिनदेखि उपचाररत ४५ वर्षीय पेमा योगी र विरगञ्ज स्थित अली अस्पतालमा उपचाररत २९ वर्षीय हरि पौड्याललाई ‘हवाई बेड लिफ्ट’ गरी वीएण्डसी अस्पतालमा ल्याईएको उनले जानकारी दिए ।यसअघिपनि काठमाडौँ र नेपालगञ्जबाट कोभिडका विरामी उपचारका लागि वीएण्डसी ल्याईएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु