मन्त्री गुरुङले दिए राजीनामा

2021-06-11 मा प्रकाशित

पोखरा, २८ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।

राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनुपस्थित भएको उल्लेख गरेका छन् । थाहाखबरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु