झापामा पुनः असार ७ गतेसम्म थप्यो निषेधाज्ञा

2021-06-13 मा प्रकाशित

झापा, ३० जेठ । झापामा एक हप्तालाई निषेधाज्ञा थप गर्दै कतिपय क्षेत्रलाई खुकुलो बनाइने निर्णय भएको छ ।
डीसीसीएमसीको आज बसेको बैठकले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यन्न, हार्डवेयर, वीउँविजन, वर्कशपमा खुकुलो बनाइने निर्णय भएको हो ।

खाद्यान्न, फलफुल, तरकारी माछामासु, दुध डेरी, पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न दिने वैठकले निणर्य गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, एटीएम २४ घण्टा खुल्ला राख्न सूचित गरिएको छ । यस्तै, मल खाध, वीउविजन, कुखुराका चल्ला, दाना, पशुपंक्षीका आहार सम्बन्धी पसललाई विहान १० देखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।डीसीसीएमसीले यसअघि कै नियमहरु पालना गर्नुपर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु