पत्रकार पोर्तेललाई पितृशोक

2021-06-14 मा प्रकाशित

मेचीनगर, ३१ जेठ । पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ ।

उनका वुवा धनबहादुर विश्वकर्माको आज विहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको हो ।

मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध रहेका थिए ।

धनबहादुरका पत्नी चन्द्रकला विश्वकर्मा, चार छोराहरु बलबहादुर, हिमाल, पर्वत र दुर्लभ पोर्तेल छन् भने तीन छोरीहरु पवित्रा, युगमाया र रोशनी छन् ।

उनका जेठा छोरा बलबहादुर राष्ट्रिय समाचार समिति झापाका सिनियर कर्मचारी हुन् भने माइलो छोरा हिमाल सामाजिक क्षेत्रमा क्रियाशिल छन् । साइला छोरा पर्वत कान्तिपुर दैनिकका झापा समाचारदाता हुन् । साइली बुहारी कविता नेपाल परिवर्तन थिएटरकी संस्थापक तथा प्रसिद्ध नाट्यकर्मी हुन् ।

पारिवारिक स्रोतका अनुसार दमका विरामी धनबहादुरलाई स्वास्थ्यमा समस्या आएपछि धुलावारीको मेची आम्दा हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेची अस्पताल भद्रपुर लैजाने तयारी हुँदाहुँदै उनको निधन भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु