बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु

2021-06-19 मा प्रकाशित

काठमाडौं,५ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाले ज्यान गुमाएका छन्।

जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्।

जसअनुसार सिन्धुपाल्चोक र डोटीमा ३र३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १र१ जना रहेका छन्। यस अवधिमा बाढी पहिरोमा परी २२ जना वेपत्ता भएका छन्।

१५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै परी १७ जना घाइते भएका छन्।

घाइते हुनेमा १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १र१ जना रहेका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ। थाहा खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु