प्रेस क्लव मेचीनगरको आठौं वार्षिकोत्सव, निवर्तमान अध्यक्ष पौडेलद्वारा पत्रकार उपचार कोषमा दशहजार रुपैयाँको घोषणा

2021-06-20 मा प्रकाशित

मेचीनगर, ६ असार ÷ प्रेस क्लब मेचीनगरले आफ्नो स्थापना दिवस ‐बार्षिकोत्सव)का अवसरमा शनिवार नगरभित्रका अग्रजसहित विभिन्न सञ्चारकर्मीहरुसँग विविध विषयमा छलफल गरेको छ । छलफलमा सहभागी पत्रकारहरुले क्लबले अहिले स्वास्थ्यलाई प्राथमितकतामा राखेर काम गर्न जोड दिएका थिए ।

क्लबको कार्यालयमा भएको छलफलमा अध्यक्ष लक्ष्मी उप्रेतीले २०७७ साल असोज १० गते वर्तमान नेतृत्वले जिम्मेवारी प्राप्त गरेपछि हाल सम्म भए गरेका कामका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । क्लबले आगामी दिनमा प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीपका विभिन्न रचनात्मक कार्य गदैं अघि बढ्ने योजना भए कोभिड १९ का कारण योजना र अपेक्षा अनुसार काम गर्न नसकेको प्रष्ट पार्नुभयो ।

कोभिड १९ को यस्तो विषम परिस्थितीमा पनि नेपाली पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कर्ममा जुटिरहेका छन् । यस्तो अवस्थालाई ध्यानमा राखेर प्रेस क्लब मेचीनगरले नगरमा क्रियाशील सञ्चारकर्मीहरुलाई आफ्नै सिमीत स्रोत र साधन तथा सहयोगी संघ संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको छ । हरेक सञ्चारगृहमा पुगेर सञ्चारमाध्यम, त्यसमा कार्यरत सञ्चारकर्मी र सञ्चारउद्यमीको अवस्था बुझ्ने काम गरिरहेको स्पष्ट पार्नुभयो । कोभिड १९ का कारण थला परेका नगरका सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्था बुझेर स्थानीय सरकारसँग यस्तो परिस्थितीमा कसरी सञ्चारमाध्यमलाई माथि उठाउन सकिन्छ भनेर निरन्तर छलफल गरी लोककल्याण्कारी विज्ञापन वापतको रकम उपलश्ध गराउन आग्रह गरे लगत्तै केही केहीले रकम प्राप्त गरिसकेको केह केहीको अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

उहाँले क्लबलाई हालको अवस्थासम्म ल्याइ पुर्याउन मुख्यःयोगदान तथा सबैको साथ र सहयोग प्राप्त भएको बताउँदै पत्रकारहरुको हितमा क्लबका आगामी योजनाहरु केन्द्रित रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । क्लब मेचीनगरका विभिन्न सञ्चारकर्मीहरुको हक, हित अधिकार रक्षाका लागि तथा सारोगाहेमा एकसाथ अघि बढ्ने भएकाले यसका लागि सवैको रचनात्मक र सकरात्मक सल्लाहको अपेक्षा गर्नुभयो ।

सो अवसरमा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्यले क्लवले आफ्नो दायित्व पुरा गर्ने गरीको कार्यक्रमहरु अघि बढाउन आग्रह गर्नुभयो । आचार्यले क्लबले अवलम्वन गरेका नीति तथा लक्ष्य पुरा गर्न निरन्तर लागि पर्न आग्रह गर्दै प्रेस क्लवका सम्पूर्ण गतिविधिहरुमा पूर्व पदाधिकारी तथा अग्रज पत्रकारहरुको सहयोग र समन्वय रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले पत्रकार उपचार कोष स्थापना गर्न जोड दिदैं आफ्नो तर्फबाट कोेषका लागि नगद १० हजार रुपैयाँ घोषणा गर्नुभयो । प्रेस चौतारी नेपाल झापाका अध्यक्ष समेत रहनु भएका क्लवका निवर्तमान अध्यक्ष पौडेलले क्लवले आठौं बर्ष प्रवेशको अवसरमा कार्यालयका लागि एक थान ‘स्टेण्ड फेन’ समेत प्रदान गर्ने घोषणा गर्नुभयो ।
२०७१ साल असार ४ गते संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएर ‐दर्ता नम्बर २२५९) प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीप प्रवद्र्घन गरी पत्रकारहरुको व्यवसायिक हक हित अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गदैं आएको प्रेस क्लब मेचीनगर स्थानीय सरकार मेचीनगर नगरपालिकाको संस्था दर्ता ऐन २०७६ को दफा बमोजिम अनुसूची ३ नियम ४ सँग सम्बन्धित २०७७ मंसिर १२ गते मेचीनगर नगरपालिकामा दर्ता भएर ‐दर्ता नम्बर ०६ ) प्रमाणपत्र प्राप्त गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु