यातायात मजदुरलाई राहत

2021-06-21 मा प्रकाशित

झापा, ७ असार । कोरोना महाकारीका कारण निषेधाज्ञा लिम्विदै गएपछि छाक टार्न समेत समस्या झेल्दै आएका यातायात मजदुरलाई अखिल नेपाल ट्रेड युनियन झापाले खाद्यन्न वितरण गरेको छ ।
महासंघ झापाले ४० जना यातायात मजदुरलाई सोमवार राहत वितरण गरेको हो ।

प्रत्येक मजदुरलाई १० केजी चामल, आधा केजी दाहाल, एककेजी नुन, एक प्याकेट सोयाविन र आधा लिटर खानेतेल वितरण गरेको महासंघ प्रदेश नं। १ का इन्चार्ज भूपाल सापकोटाले बताए ।
करिव ३० हजार रुपैयाँ बरावरको खाद्यन्न सामाग्री वितरण गरेको महासंघ झापाकी अध्यक्ष सीता सापकोटा सन्ध्याले बताइन् ।

बिर्तामोड आसपास क्षेत्रका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रमको समन्वय अखिल नेपाल यातायात मजदुर संघ झापाका सदस्य पदमलाल तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु