साहित्यकार तेराखको निधन

2021-06-30 मा प्रकाशित

मेचीनगर १६ असार । साहित्यकार तेजराज खतिवडा ९तेराख०को ७८ वर्षको उमेरमा निधन भएको छ ।

श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

उपचारको क्रममै आज अपरान्ह १ ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको थियो ।

नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो ।

टेस्ट ट्युब बेबी ९नाटक०, रातको बाह्र बजे ९उपन्यास०, प्रिय शान्तिनगर ९खण्डकाब्य०, ढाडेका नाकमा घिउ ९निबन्ध० लगायत दर्जनभन्दा बढी उनका चर्चित कृति प्रकाशित छन् । उनले मय बिधाको प्रस्तावना लेखेका थिए ।

तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मेका उनको हाल मेचीनगर–९ धुलाबारीमा बसोबास थियो ।
उनका दुई छोरा छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु