झापामा आज १७७ जना संक्रमित, ५ को मृत्यु

2021-06-30 मा प्रकाशित

मेचीनगर, १६ असार । झापामा बुधबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १७७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७३ महिलासहित १७७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा इलामको माई–३ का ३२ वर्षीय पुरुष, मेचीनगर–९ की ३२ वर्षीया महिला, इलामको माई–२ का ६९ वर्षीय पुरुष, अर्जुनधारा–१० का ६६ वर्षीय पुरुष र बिर्तामोड–३ का ७३ वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

दमकमा ३२ महिलासहित ६८ जना, बिर्तामोडमा ११ महिलासहित २८ जना, गौरादहमा १ जन महिला, मेचीनगरमा ८ महिलासहित १५ जना, भद्रपुरमा १ सहित १० जना, कनकाईमा ७ महिलासहित १० जना, हल्दिबारीमा १ जना महिला, अर्जुनधारामा ४ महिलासहित ७ जना, बुद्वशान्तिमा १ जना महिला, कचनकवलमा १ जना महिला, कमलमा २ महिलासहित ४ जना र शिवसताक्षीमा ४ महिलासहित ८ जना, पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १३९२८, डिस्चार्ज १२०६४, आइसोलेसनमा १५३७ जना, कुल संक्रमित एन्टिजेन २१९६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३५४ जना र आज निको भएर घर फर्किएका १७७ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु