झापामा आज ११८ जना संक्रमित थपिए ,१ को मृत्यु

2021-07-02 मा प्रकाशित

मेचीनगर, १८ असार । झापामा शुक्रबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ११८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४४ महिलासहित ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा १ जना छन् । जसमा बिर्तामोड–४ का ३० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

दमकमा ९ महिलासहित १२ जना, बिर्तामोडमा ४ महिलासहित १७ जना, गौरादहमा १ जन पुरुष, मेचीनगरमा ९ महिलासहित १७ जना, भद्रपुरमा १२ सहित १८ जना, कनकाईमा ४ महिलासहित ६ जना, हल्दिबारीमा १ जना पुरुष, अर्जुनधारामा २ महिलासहित ४ जना, बुद्वशान्तिमा १ जना पुरुष, कमलमा १ जना पुरुष, शिवसताक्षीमा ४ महिलासहित ७ जना र बाह्रदशीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १४१०३, डिस्चार्ज १२३२२, आइसोलेसनमा १४५३ जना, कुल संक्रमित एन्टिजेन २३१६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३५५ जना र आज निको भएर घर फर्किएका १२० जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु